श्रीलङ्का टि २० विश्वकप क्रिकेटको सुपर १२ मा

श्रीलङ्का टि २० विश्वकप क्रिकेटको सुपर १२ मा

अबु धाबी (संयुक्त अरब इमिरेट्स), कात्तिक ४ गते । आयरल्यान्डलाई ७० रनले हराएर श्रीलङका विश्वकप टि२० सुपर १२ मा पुगेको छ ।

अलराउन्डर वानिन्डु हसरङ्गाले ४७ बलमा बनाएको ७१ रन श्रीलङ्काका लागि निर्णायक बन्यो । यस नतिजापछि समूह एबाट नेदरल्यान्ड्स विदा भएको छ । यसअघि, नामिबियाले नेदरल्यान्ड्सलाई छ विकेटले हराएको थियो ।

पहिले ब्याटिङ गरेको श्रीलङ्काले दस बलमै आठ रनमै तीन विकेट गुमाएको थियो । हसरङ्गाले प्रारम्भिक ब्याट्सम्यान पाथुम निसान्का (६१) ले त्यसपछि शानदार ब्याटिङ गरी श्रीलङ्काको पालि सम्हाल्नुभएको हो । यी दुईको ब्याटिङले श्रीलङ्को निर्धारीत २० ओभरमा सात विकेटको क्षतिमा १७१ रन बनाएको थियो । आयरल्यान्ड जवाफमा नौ बलअघि नै १०१ रनमा नै अलआउट भयो ।

कप्तान एन्डी बालबर्नी (४१) र कर्टिस काम्फर (२४) ले मात्र आयरल्यान्डका लागि राम्रो ब्याटिङ गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्