रोनाल्डोद्वारा म्यान्चेस्टर युनाटेडको उद्धार

रोनाल्डोद्वारा म्यान्चेस्टर युनाटेडको उद्धार

म्यान्चेस्टर (इङ्गल्यान्ड), कात्तिक ३ गते । क्रिस्टियानो रोनाल्डोले फेरि एकपटक निर्णायक गोल गरी म्यान्चेस्टर युनाइटेडको उद्धार गनुृभएको छ ।

निर्धारीत समय सकिन नौ मिनेट बाँकी छँदा रोनाल्डोले दर्शनीय हेडद्वारा गोल गरी खेलको छिनोफानो गरेपछि म्यान्चेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा इटालीको एट्लानन्टालाई ३–२ ले हराएर नाटकीय जित हात पारेको छ । म्यान्चेस्टर युनाइटेडले घरेलु मैदानमा दुई गोलले पछाडि परेपछि खेल उल्ट्याएको हो ।

रोनाल्डो विश्वकै सबभन्दा प्रतिष्ठित र ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पिन्स लिगका सर्वाधिक गोलकर्ता पनि हुनुहुन्छ । च्याम्पियनस लिगमा रोनाल्डोको गोलसङ्ख्या १३८ गोल पुगेको छ । तीन हप्ताअघि पनि इन्जुरी समयको पाँचौँ मिनेटमा भिलारियलविरुद्ध गोल गरी रोनाल्डोले आप्mनो टिमको उद्धार गर्नुभएको थियो । यसपटक रोनाल्डोबाट अलि चाँडै नै गोल निस्कियो । उहाँले ल्युक सको क्रसमा सटिक हेडरमार्फत् गोल गर्नुभएको हो ।

यस जितपछि समूह एफमा म्यान्चेस्टर युनाइटेड पहिलो स्थानमा उक्लेको छ । स्पेनको भिलारियल र एट्लान्न्टाभन्दा म्यान्चेस्टर युनाइटेड दुई अङ्कले अगाडि छ ।

खेलको १५ औँ मिनेटमा मारियो पासालिच र २९ औँ मिनेटमा मेरि डेमिरलको हेड गोलबाट म्यान्चेस्टर युनाइटेड आश्चर्यजनक तरिकाले दुई गोलले पछाडि परेको थियो । पछिल्ला सात खेलमा मात्र दुई खेल जितेको म्यान्चेस्टर युनाइटेडले त्यसपछि समर्थकको गाली पनि वेहोरर्नुपर्यो । तर मध्यान्तरपछि म्यान्चेस्टर युनाइटेड फरक टिमको रुपमा प्रस्तुत भयो । उत्तराद्र्धको आठौँ निेटमा नै बु्रनो फर्नान्डेजको पासमा मार्कस र्यासफर्डले गोल गरी अन्तर कम पार्नुभयो । त्यसपछि कप्तान हेरी मिगुयरले खेलको ७५ औँ मिनेटमा बराबरी गोल गर्नुृभयो ।

त्यसपछि रोनाल्डोले म्यान्चेस्टर युनाइटेमा आप्mनो दोस्रो स्पेलमा छैटौँ गोल गरी आप्mनो महत्व पुनः एकपटक दर्शाउनुभयो । रोनाल्डोको म्यान्चेस्टर युनाइटेडका लागि यो ३०० औँ खेल हो । एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्