अविरल वर्षाले धानबालीमा क्षति

<span class='c1'>अविरल वर्षाले</span> <span class='c2'>धानबालीमा क्षति</span>

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दसैँअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दसैँ चटारोका कारण धान काट्न भ्याएका थिएनन् ।

दसैँ टीका लगाएर किसान धान काट्न सुरु गरेका थिए । तर गत असोज ३१ गतेदेखि परेको बेमौसमी अविरल वर्षाका कारण लमजुङमा ७२ दशमलव २१ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पु¥याइएको छ ।

कृषि ज्ञान केन्द्र लमजुङका अनुसार जिल्लामा कूल क्षेत्रफल १४ हजार ९७३ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमध्ये शून्य दशमलव ५ प्रतिशत क्षेत्रफलमा क्षति पुगेको छ । केन्द्रका प्रमुख सुदिप खतिवडाले भन्नुभयो, “अधिकांशमा ठाउँमा आंशिक क्षति भएको छ । दसैँ मनाउँदै गर्दा समेत धान पाकेकाले थन्काउनलाई काटेको अधिकांश धानबालीमा क्षति हुनपुगेको उहाँको भनाइ छ ।

जिल्लामा अधिकांश क्षेत्रमा किसानको पाकेको धानमा लगातारको वर्षाले क्षति पु¥याएको र अहिले पनि वर्षा जारी रहेकाले क्षतिको यकिन विवरण आउन नसकेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । “दुई दिनसम्म धान काट्यौँ, अहिले लगातारको पानीले पाकेको धान सखाप पारेको छ, अब कसरी धानलाई भित्र्याउने भन्ने चिन्ता छ”, राइनास नगरपालिका–८ का लालमाया श्रेष्ठले भन्नुभयो, “कमेरो फाँटमा धान काटेको थिएँ, पाँच हलको धान खेतमा क्षति पुगेको छ । दुःख गरेर उब्जाएको धान पनि थन्काउन नपाएपछि कसरी खाने भन्नुपर्ने स्थिति आउन थालेको छ ।” “यसपटक समयमा नै पानी परेपछि धान रोपाइँ पनि समयमा गरौँ, मलको अभाव पनि थिएन । धान पनि राम्रो थियो तर अहिले घरमा भित्र्याउन लाग्दा पानी परेर ठूलो क्षति भयो”, उहाँले भन्नुभयो । वर्षाले धानबालीमा क्षति पु¥याउँदा किसान निराश बनेको उहाँको भनाइ छ ।

त्यस्तै, मध्यनेपाल नगरपालिकाका मोहन पौडेलले भन्नुभयो, “यहाँका अधिकांश खेतका धान पानीले डुबाउनुका साथै क्षति पु¥याएको छ । महिनौं खटिएर गरेको धानखेती क्षति हुँदा किसान रोएको उहाँको भनाइ छ । जिल्लाका अधिकांश किसानको समस्या उहाँहरु जस्तै छन् ।

जिल्लामा ४५ हजार ९९० मेट्रिक टन धान उत्पादन हुने गरेको अनुमान छ । तर यसवर्ष धान उत्पादन घट्ने ज्ञान केन्द्रको अनुमान छ । जिल्लामा धानबाली मात्र नभइ अन्य बन्दा, काउली, नर्सरी लगायतमा क्षति पुगेको छ । केन्द्र प्रमुख खतिवडाका अनुसार एक हजार ३५० हेक्टरमा तरकारी खेती गरिएकोमा ७ हेक्टरमा क्षति पुगेको छ ।

त्यस्तै, मास, कोदोलगायतका अन्नबालीमा समेत क्षति पुगेको छ । दसैँ मनाएर खुसीका साथ बाली थन्काउने तयारीमा रहेका जिल्लाका किसानलाई बेमौसमी वर्षाले किसानको खुसी खोसिदिएको छ । दुःख गरेजति अन्नबाली नउब्जने भए पनि खेती गरेका किसानलाई झन् समस्यामा पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्