जिल्ला खेलकुद समितिका अध्यक्ष र उपाध्यक्षको शपथ ग्रहण

जिल्ला खेलकुद समितिका अध्यक्ष र उपाध्यक्षको शपथ ग्रहण

विराटनगर । प्रदेश १ खेलकुद विकास बोर्डले १४ वटै जिल्लाका खेलकुद विकास समितिमा नियुक्त अध्यक्ष र उपाध्यक्षलाई आज शपथ ग्रहण गराएको छ ।

बिहीबार प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि शपथ ग्रहण गराईएको हो । प्रदेश सरकारका सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष बलबहादुर साम्सोहाङको उपस्थितिमा वोर्डका उपाध्यक्ष बाबा मेन्याङ्वोले नवनियुक्त अध्यक्ष र उपाध्यक्षलाई शपथ ग्रहण गराएका हुन् । खेलकुद विकास बोर्डले बुधबार १४ वटै जिल्लामा अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेको थियो ।

यस क्रममा मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा रोहित कोईराला र उपाध्यक्षमा सितल राया नियुक्त भएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा सामाजिक विकास मन्त्री साम्सोहाङले जिल्ला खेलकुद समितिहरुले पूर्णता पाएसँगै प्रदेश १ को खेल क्षेत्रले फड्को मार्ने बताए । उनले लामो समयदेखि प्रदेश खेलकुद विकास बोर्डले पूर्णता नपाउँदा जिल्लाहरुमा खेलकुदका गतिविधिहरु हुन नसकेको जिकिर गरे ।

लामो समयदेखि नेतृत्वविहिन खेलकुद समितिहरुमा नयाँ नेतृत्व आउनु महत्वपूर्ण उपलब्धि भएको प्रदेश सरकारकोे बिश्लेषण छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्