उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल बाँसगढी नपाले भक्तपुरलाई १२–० ले हरायो

उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल बाँसगढी नपाले भक्तपुरलाई १२–० ले हरायो

गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक ५ गते । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगताअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा बाँसगढी नगरपालिकाले भक्तपुर नगरपालिकालाई १२–० ले हराएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा फरवार्ड अमिसा कार्की एक्लैले सात गोल गरेपछि बाँसगढी एक दर्जन गोलको अन्तरले विजयी भयो । विजयी ीटमका लागि गोलको खाता भने मनिका घती मगरले खेलको दोस्रो मिनेटमा खोल्नुभएको थियो । मनिकाले २३ औँ मिनेटमा पनि गोल गर्नुभयो । त्यसपछ िअसिमाले खेलको २४, २५, २८, ५१, ५८, ७९ र ९० औँ मिनेटमा गोल गर्नुभयो । भक्तपुरविरुद्ध रेनुका हमाल र स्थानापन्न खेलाडीद्वय दुर्गाकुमारी चौधरी र तुलसी योगीले पनि गालकर्ताको सूचीमा आआप्mनो नाम लेखाउनुभयो ।
सहभागी ३१ टोलीलाई दस समूहमा विभाजन गरी प्रतियोगता भइरहेको छ । यस प्रतियोगिताको विजेता र उपविजेता टिम महिला राष्ट्रिय लिगमा चयन हुनेछन् । यसैगरी, विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपियाँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्