सांसद मण्डलको पहलमा २ सय बाढीपिडितलाई राहत वितरण

सांसद मण्डलको पहलमा २ सय बाढीपिडितलाई राहत वितरण

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री शिवकुमार मण्डलको पहलमा जहदाका २ सय बढी बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ ।

दुई दिनअगाडि आएको वर्षा र बाढीले डुबानमा परेका जहदा गाउँपालिका ३ र २ नम्बर वडाका पीडितहरुलाई राहत वितरण गरिएको हो । वडा नम्बर ३ मिलनचोक आसपासको बस्ती पूर्ण रुपमा डुबान हुँदा त्यहाँका १२० घर परिवार प्रभावित भएका छन् । उनीहरु विस्तापित भएर स्थानीय आधारभूत विद्यालयमा बसिरहेका छन् । डुबानका कारण अधिकांश घरहरु भत्किएका माओवादी ५ नम्बर क्षेत्रका इन्चार्ज देवा यादवले बताए ।

यस्तै जहदा २ नम्बर वडाको हरिनगरा दलित बस्तीका ४० घर विस्थापित भएर नहरमा बसिरहेका छन् । उनीहरुलाई पनि मण्डलको पहलमा राहत वितरण गरिएको यादवको भनाइ छ । यस्तै जहदा २ को हरिनगरा पहाडी टोल, राजघर टोलका ९८ घरपरिवार पनि विस्थापित भएका छन् । २ नम्बरकै वीरपूरमा सन्थाल टोलको अवस्था झनै नाजुक रहेको यादवले बताए । त्यहाँका घरहरु अझै पनि पानीले डुबानमा परेको छ । कच्ची घर सबै भत्किएको छ । त्यही अवस्थालाई मध्यनजर गर्दै मण्डलको टोली राहत लिएर पुगेको थियो ।

आफूहरुको पहलले मात्रै स्थानीयको समस्या समाधान हुन नसक्ने भएकोले स्थानीय, प्रदेश र केन्द्र सरकारले विस्थापितलाई राहतको पर्याप्त व्यवस्थापन गर्नुपर्नेमा यादवले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्