विराटनगर शनिमन्दिर अगाडीको मोबाईल पसलमा चोरी

विराटनगर शनिमन्दिर अगाडीको मोबाईल पसलमा चोरी

विराटनगर । विराटनगर–९ शनिमन्दिरस्थित कोमल मोबाईल एण्ड ट्रेडस नामक एक मोबाईल पसलमा गयराती चोरी भएको छ ।

हिमालयन रोडस्थितको मोबाईल पसलमा चोरी भएको २४ घण्टा नबित्दै शनिमन्दिरको अर्को मोबाईल पसलमा चोरी भएको हो । पसलको भित्रीपट्टिको चेनगेटको ताला फुटाएर पसलमा चोरी भएको देखिएको छ । पसलबाट झण्डै १८ लाख मुल्य बराबरका दर्जनौ स्मार्टफोन, ल्यापटप र अन्य सामाग्रीहरु चोरी भएको पसलका सञ्चालक रामकुमार राईले बताए । उनले बिहान पसल खोल्दा चोरीबारे थाहा पाएको जानकारी दिए ।

चाडपर्व नजिकएसँगै विराटनगरमा पछिल्लो समय श्रृङ्खलाबद्ध रुपमा चोरी र लुटपाटका घटनाहरु बढे्का छन् । शनिबार मात्रै विराटनगर–९ हिमालयन रोडस्थित सनराईज इन्टरप्राइजेज नामक एक मोबाईल पसलमा चोरी भएको थियो । पसलबाट झण्डै डेढ लाख मुल्य बराबरका डेढ दर्जन बढी स्मार्टफोनहरु चोरी भएका थिए ।

हाल भने जिल्ला प्रहरी र वडा प्रहरी कार्यालयको टोलीले उक्त घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्