धनकुटा ।
धनकुटा चौबिसे गाउँपालिका ५ बज्रमाई का ७१ बर्षीय भुवन सिंह खड्कालाई खोलाले बगाई बेपता बनाएको छ । उनलाई सोही स्थानमा रहेको छरुवा खोला तर्ने क्रममा आज बिहान ९ बजे खोलाले बगाएको हो।
वेपत्ता भएको भन्ने जानकारी प्राप्त हुन साथ अस्थाई प्रहरी बिट मौनबुधुक, प्रहरी चौकी मुलघाटबाट प्रहरी टोली गई स्थानियबासीहरुको सहयोगमा खोजतालस भईरहेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । घटनास्थल अस्थाई प्रहरी बिट मौनबुधुक धनकुटाबाट अन्दाजी १७ किलोमिटर उत्तर रहेको छ ।