चेल्सी र म्यान्चेस्टर सिटीको सहज जित

चेल्सी र म्यान्चेस्टर सिटीको सहज जित

लन्डन, कात्तिक ७ गते । चेल्सी र म्यान्चेस्टर सिटीले इङलिस प्रिमियर लिगमा शनिबार राति सहज जित निकालेका छन् । रोमलु लुकाकु र टिमो वेर्नरजस्ता प्रमुख स्ट्राइकारहरुको अनुपस्थितिमा पनि चेल्सीले नर्विचलाई ७–० ले हरायो । सो खेलमा प्लेमेकर मासन माउन्टले ह्याट्रिक गर्नुभयो । अन्य गोल कालम हड्सन–ओडोइ, रिस जेम्स र बेन चिलवेलले पनि गोल गर्नुभयो । प्रिमियर लिगमा नर्विच अन्तिम स्थानमा छ ।

म्यान्चेस्टर सिटीले पनि ब्रिटनमा ४–१ को फराकिलो जित निकाल्यो । सो खेलमा सिटीका फिल फोडेनले दुई गोल गर्नुभयो । फोडेनले इन्जुरी समयमा रियाद महराजले गरेको गोलमा सहयोगीको भूमिका निर्वाह गर्नुभएको थियो । सिटीका लागि पहिलो गोल इल्के गुन्डोगनले गर्नुभएको थियो ।

तीन दिनअघि सिटीले च्याम्पियन्स लिगमा क्लब बु्रगलाई पनि ५–१ ले हराएको थियो । यस सत्रमा सिटी खेलका १४ मध्ये छ खेलमा तीन तथा सोभन्दा बढी गोल गर्न सफल भएको छ ।
एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्