विराटनगर जुनियर जेसिजको २६ औ वार्षिकोत्सव सम्पन्न

विराटनगर जुनियर जेसिजको २६ औ वार्षिकोत्सव सम्पन्न

विराटनगर । विराटनगर जुनियर जेसिजले विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो २६ औ वार्षिकोत्सव मनाएको छ ।

शनिबार विराटनगरमा बैठक प्रक्रिया तालिम, खाद्यान्न वितरण, हाजिरीजवाफ, मैत्रीपुर्ण फुटबल र तुमला देवी वक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरि जेसिजले वार्षिकोत्सव मनाएको हो । प्रत्येक वर्ष झैं यसपटक पनि नेतृत्व र व्यक्तित्व विकास सँगसँगै समाजमा जेसिजलाई चिनाई सकारात्मक परिवर्तन ल्याउने उद्धेश्य सहित कार्यक्रमको आयोजना गरिएको विराटनगर जुनियर जेसिजकी अध्यक्ष जिना शर्माले बताईन् ।

कार्यक्रममा विराटनगर जुनियर जेसिजकी पूर्वअध्यक्ष दिपा ओडारीलाई आजीवन सदस्यता सम्मानबाट सम्मानित पनि गरिएको थियो । कार्यक्रममा विराटनगर जेसिजका संस्थापक अध्यक्ष डा. सन्देश दास श्रेष्ठ, विराटनगर जेसिजका अध्यक्ष प्रदिप दाहाल र विराटनगर जुनियर जेसिजका कार्यक्रम संयोजक मिलाप जोसुवा कर्ण सहित जेसिजका पूर्वअध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्