‘इतिहासबाट सिक्न नखोज्दा’

‘इतिहासबाट सिक्न नखोज्दा’

भनिन्छ इतिहासबाट पाएको शिक्षाले भविष्य मार्गदर्शन गर्न सकिन्छ । यसले बितेका घटनाको महत्वपूर्ण वृतान्त जान्न र बुझ्न मद्दत पु¥याउँछ । इतिहास लेखनमा नेपाली लेखकको आ–आफ्नै प्रकारको विशिष्टता पाइन्छ । जसमा यहाँको सभ्यताको प्रादुर्भाव भएदेखि हालसम्मकै राजनीतिक सामाजिक अवस्थाको चित्रण गरिएको हुन्छ । यहाँसम्म आइपुग्दा गौरवपूर्ण अतीत र पुर्खाको बहादुरीले हामीलाई आल्हादित बनाएको छ । अबको पुस्ताले ऐतिहासिक दर्शन र सिद्धान्त पढ्नैपर्छ । जसलाई बुझेर ग्रहण गर्दा भविष्यको मार्ग पहिल्याउन सहज हुन्छ । इतिहासले युगान्तकारी परिवर्तन समेत गराएको छ ।

यहाँभने पटक–पटक परिवर्तन हुदाँ समेत राजनीतिमा उचित व्यवस्थापनको सधैँ अभाव रह्यो । नागरिकले परिवर्तनको फलप्राप्त गर्न सकेनन् । २०६२÷६३ मा लोकतन्त्र, शान्ति र स्थिरताका लागि आन्दोलन भएको हो । परिवर्तन पश्चात केही देशीविदेशी तत्वहरुबाट जनतामा शब्दजालको षड्यन्त्र बुन्न थालियो । इतिहास बंग्याउने खेल त्यहींदेखि सुरु गरियो । परिवर्तनलाई जसले जसरी अथ्र्याए पनि सत्य शास्वत हुन्छ । त्यसकारण उनीहरुको शब्द जाललाई विस्तारै जनताले पत्याउन छाडे, छाड्दैछन् ।
मानिसले उसको विगत थाहा पाएन भने ऊ पूर्ण हुँदैन । उसको पहिचान भनेको पिता–पुर्खाले देखाएको सही मार्गमा हिँड्नु हो । पुर्खाको आदर्शलाई व्यवहारमा उतार्नु उसको दायित्व बन्छ । युरोपियन इतिहासकार एवं साहित्यकार भोल्तियरले भनेका छन्–‘इतिहास त्यो हो, जसबाट भविष्य निर्धारणका लागि आदर्शको खोजी भइरहन्छ ।’ विगतका अनुभवले सुखी र सुरक्षित भविष्य निर्माणको अठोट लिन इतिहासले प्रेरित गर्छ । अगाडिको बाटो हिँड्न शिक्षा दिन्छ ।

सुगौली सन्धिबाट सत्रूलाई कहिले कमजोर ठान्नु हुँदैन भन्ने शिक्षा हामीलाई प्राप्त भयो । नेपाली राजनीतिले त्यसलाई कतिसम्म ग्रहण ग¥यो त्यो बेग्लै विषय हुन जाला ! सात सालहोस् वा छयालीस ती परिवर्तनबाट मुलुकले विकास र समुद्धि चाहेको थियो तर आन्तरिक कलह र लुछाचुँडीले जनचाहनामा तुषारपात भयो । इतिहासले हामीलाई धेरै सिकायो, बाटो पनि देखायो तर राजनीतिले त्यसलाई ग्रहण गर्न चाहेन । ज्ञान घोकेर मात्र पाईँदैन । त्यसलाई बुझेर लिन सक्नुपर्छ । यहाँ व्यक्तिगत स्वार्थ खातिर लोकतान्त्रिक भनिएका सरकारले पनि जन–आवाज बुझ्ने प्रयास गरेनन् । संघीय लोकतन्त्रको नाममा इतिहास छोप्ने मुर्खता भयो । अझै हुँदैछ । राजनीतिमा निष्ठा र इमानदारी भइदिँदा प्रतिफल जनतामा पुग्नसक्छ । आज राजनीति स्वार्थ केन्द्रित भयो । स्वार्थी नेतृत्वबाट समाज निर्माणको कार्य बोलीमा मात्र हुन्छ, व्यवहारमा हुँदैन । यो वास्तविकता इतिहासले नै प्रमाणित गरिदिएको छ ।

विगत केहीवर्षदेखि यहाँ विकास र समृद्धिको नारा घनिभूत बनाइयो । पूर्वाधार बिनाको बोलीगफमा सीमित हुनजान्छ । सरकारी भनाई विश्वास गर्ने हो भने अहिलेसम्म देशले विकासको रफ्तार समाइ सक्नुपथ्र्यो, शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीमा नागरिकको पहुँच भइसक्थ्यो । तर त्यस्तो केहीहुन सकेन । झुठो बोल्दाबोल्दा अब त राज्य संयन्त्र नै थाकिसक्यो । विगत १५ वर्षदेखि यहाँ यसरी नै झुठ बोलिएको छ । कोक्राको बच्चा हल्लाउँदा लैलै भनी थुमथुम्याए जस्तो मात्र गरिन्छ । इतिहासबाट सिक्न नसक्दा पहिले भन्दा अस्तव्यस्त भयो । गरिबी बढेर गयो । बेरोजगारी महारोग बन्दैछ । यहाँसम्मकी विदेशी सामु नेताहरु नै लाचार भइदिए ।

यहाँ राजनीतिका प्रमुख पात्रहरु नागरिकको आत्मसम्मान र राष्ट्रको प्रतिष्ठामा ठेस पुगेको समेत हेक्का राख्दैनन् । लम्पसार प्रवृतिले राजनीति नै दूषित र दुर्गन्धित भयो । नेतृत्वले दुर्गन्धलाई बासना आएको ठान्ने गर्छ । राज्यसत्ता बुझेर पनि अबुझ बन्छ । इतिहासलाई समाज विज्ञानको मूल स्रोत मानिन्छ । आज त्यसैलाई शिक्षाको मूलधारबाट पाखा लगाइयो । यसको अध्ययनले युवामा राष्ट्रप्रेम जागृत गराउँछ । संकुचन हटेर जान्छ । फराकिलो विचारले ठाउँ लिन्छ । भ्रम र यथार्थबीचको फरक छुट्याइदिन्छ । यहाँ छद्मभेषीहरुद्धारा इतिहास बंग्याउन भरपुर कोसिस भयो । त्यही प्रवृत्तिले राष्ट्रिय विभूतिप्रति कटाक्ष गरेको अद्यापि सुन्न र देख्न पाईंदैछ । भ्रष्ट र माफियाको पहुँचलाई जबसम्म विस्थापित गरिँदैन तबसम्म यहाँ यस्तै हुन्छ, जुन भइरहेको छ ।

दम्भी सत्ताले देशभन्दा स्वार्थलाई प्राथमिकतामा राखेको हुन्छ । सिद्धान्ततस साम्यवादीहरु सत्ता कब्जाको अभीष्ट पुरा गर्न राष्ट्रवादको नारा बढी नै उचाल्छन् । उनीहरुले सत्ताबाहेक अरु केही देखेको हुदँैन । यो इतिहासले प्रमाणित गरेको सत्य हो । त्यसरी नै यहाँको लोकतन्त्रमा पनि लोकतान्त्रिक चरित्र भन्दा पृथक सिद्धान्तले काम गरेको हो कि ? भन्ने भान पर्न गएको छ । लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष बि.पी. कोइरालाले भनेका छन्–‘कांग्रेसले जुनदिन राष्ट्रियता छोड्छ त्यही दिनदेखि उसको अन्त्यको प्रारम्भ हुन्छ ।’ आज कांग्रेस त्यस्तै भएको छ । उसले आफ्ना मूल्यमान्यता र आदर्श त्यागीसक्यो । साम्यवादीको प्रवक्ताको रुपमा आफूलाई उभ्याएको छ । नाकाबन्दी होस् वा नक्सा प्रकरण होस् उसको आधिकारिक विचार बाहिरिएन । धर्म संस्कृति र सभ्यतामाथि प्रहार हुँदा समेत मूकदर्शक बन्छ नेपाली कांग्रेस । यो तमाम यथार्थबाट पृथक बस्ने हो भने कांगेसको छुट्टै चिनारी के हो ? अब त ऊ यो प्रश्नबाट समेत निरुत्तर हुने स्थिति देखिएको छ । सक्षम र स्वार्थरहित नेतृत्व हुँदा राम्रो कामगर्न कुनै वादले छेक्दैन । सोह्रौँ सताब्दीमा फिलिप द्धितीयको नेतृत्वमा स्पेनले चमत्कारी विकास ग¥यो । त्यतिबेला युरोपमा स्पेन मात्र समृद्ध र शक्तिशाली देश कहलाइन्थ्यो । यहाँपनि सक्षम र स्वार्थरहित नेतृत्व आउने हो भने प्रगति अवश्य हुन्छ । जसको पछिल्लो दृष्टान्त मित्रराष्ट «चिन तथा भारतमा नरेन्द्र मोदीको आगमनलाई लिन सकिन्छ ।

राजनीतिमा युवाको महत्वपूर्ण भूमिका हुन्छ । यहाँपनि राजनीतिमा केही युवा प्रवेश भएकै हुन् । उनीहरुबाट केही होला भने जन–अपेक्षा थियो । आज उनीहरुलाई नै कमजोर पारियो । यहाँ नेतृत्वले इतिहासबाट सिक्ने सामान्य चेष्टासम्म गरेन । सिरियामा पसलको सानो विवाद हुँदा आज त्यत्रो नरसंहार भएको छ । लोकतन्त्र मात्र भनेर हुँदैन । यसका सञ्चालकहरु नागरिक चाहना अनुसार रुपान्तरित हुनुपर्छ । यहाँ त्यस्तो देखिँदैन । सत्तासीनहरु हुन् वाप्रतिपक्ष सडकमा देखिएको नागरिक आवाजलाई नाटकको संज्ञा दिंदैछन् । सन् १९८९ मा रोमानियाको अत्याचारी कम्युनिष्ट शासक निकोलाई चाउसेस्कुले सडकमा देखिएको नागरिकको भीडलाई नाटक मञ्चन नै भनेका थिए । उनले त्यो जनउभार कुल्चिने धृष्टता गरे । उनको अहंकारी वाणी बाहिरिन नपाउँदै जनताको भीड जनसागरमा रुपान्तरित भयो । त्यही भीडले सदाकालागि कम्युनिष्ट निरंकुशता उखेलेर फ्याँकिदियो । अन्त्यमा चाउसेस्कु र उनकी पत्नीको जीवन लिला पनि समाप्तभयो । दम्भी शासकले नागरिकलाई जहिल्यै दास ठानेका हुन्छन् । यहाँपनि राज्यले त्यस्तै ठानेको आभास हुँदैछ ।

हामी के हौँ ? कसरी यहाँसम्म आइपुग्यौँ ? हाम्रो अस्तित्वको संरक्षण कसरी भयो ? यावत् प्रश्नको उत्तर इतिहासबाट मात्रप्राप्त हुन्छ । कुनै समय यस्तोे थियो, हाम्रो शक्ति र सामाथ्र्यको अगाडि संसारमा अरु शक्ति कमजोर र फिक्का हुन्थे तर आजपूर्खाले निर्माण गरेको गौरवपुर्ण इतिहासलाई समाप्त पार्न खोजिएको छ । संसारमा बहादुरीको उपनामबाट चिनिएको नेपाली सेनामा समेत अहिले छद्म राजनीति भित्र्याउँन खोजिदैँछ । जन्मदिने मातापिताप्रति कुनै पनि सपूत सन्तानले दुःख वा हैरानी दिँदैन । मातापिताको आदर्शबाट उसको जीवन सफल हुन्छ । झुठको पर्दालाई त्यतिबेलासम्म छोप्न सकिन्छ, जतिबेलासम्म नागरिकमा यथार्थ जागरण हुँदैन । जब जनताले धरातलीय यथार्थ बुझ्न थाल्छन् तब छद्मभेषीहरुको नाङ्गो नाच इतिहासले धुलोमा मिलाइदिन्छ । यही शिक्षा र आदर्श हामीलाई हाम्रा ऐतिहासिक दस्ताबेजले सिकाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्