बाढीले क्षति पुगेका उद्योगको विवरण संकलन गरिदैं

बाढीले क्षति पुगेका उद्योगको विवरण संकलन गरिदैं

विराटनगर । मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगमा बाढीपछिको क्षतिको विवरण संकलन सुरु गरिएको छ । बेमौसमी वर्षात्सँगै बाढीले औद्योगिक क्षेत्रका उद्योग डुबाएपछि क्षतिको यकिन सुरु गरिएको हो ।

उद्योग संगठन मोरङले करिडोरका सबै उद्योगीसँग क्षतिको विवरण माग्ने र संकलन गर्ने काम थालेको हो । संगठनका कार्यकारी निर्देशक चूडामणी भट्टराईले उद्योगीहरुले धमाधम विवरण पठाउन थालेको जानकारी दिनुभयो ।
करिडोर अन्तर्गत बुढीगंगा, विराटनगर, दुहबी, इटहरी, कटहरी क्षेत्रका धेरै उद्योग डुबानमा परेका थिए । क्षतिको अनुमान यकिन भईनसकेको भएपनि झण्डै ५० प्रतिशत उद्योग प्रभावित बनेको निर्देशक भट्टराईको भनाई छ । उद्योगका मेसिन, मोटर, औजार, कच्चा पदार्थ, प्याकेजिङ सामाग्री, तयारी माल, ढुवानीका साधनमा समेत क्षति पुगेको दावी गरिएको छ ।

कटहरीस्थित एसीसी इँटा उद्योगका सञ्चालक सन्तोष भगतले वर्षात्को समय सकिएपछि इँटा पोल्ने तयारी भईरहेको बेला आएको पानी र बाढीले ठूलो नोक्सानी पुगेको बताउनुभयो । मोरङका अधिकांश इँटा उद्योगमा धेरै ठूलो क्षति पु¥याएको भगतको भनाई छ ।
उद्योग संगठनमा विवरण बुझाउनेमा सबै किसिमका उद्योगीहरु रहेको निर्देशन भट्टराईले जानकारी दिनुभयो । चाउचाउ, जुट, कन्फेक्सनरी, खाद्यन्न, इँटा, टेक्सटायल जस्तो उद्योगमा समेत बाढीले डुबाएर क्षति पुगको विवरण बुझाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्