गोदाममा बाढी पस्दा एक करोड ६८ लाख मूल्य बराबरको आलु कुहिएको गुनासो

गोदाममा बाढी पस्दा एक करोड ६८ लाख मूल्य बराबरको आलु कुहिएको गुनासो

विराटनगर । गत साताको वर्षासँगै आएको बाढी गोदाममा पस्दा भण्डारण गरि राखेको एक करोड ६८ लाख मूल्य बराबरको आलुृ डुब्दा कुहिएर नष्ट भएको छ । चाडपर्व लक्षित गरेर आयात गरिएको आलु राखेको गोदाममै पानी भरिएपछि कुहिएर नष्ट भएको हो ।

फलफूल तथा तरकारी सब्जिमण्डि विराटनगर व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतले आयात गरेर राखेको आलु कुहिएपछि अहिले दैनिक जस्तो हटाउन थप खर्च बेहोर्नु परेको छ । विभिन्न गोदाममा राखिएको आलु पानी पसेपछि बाहिर निकाल्न नभ्याउँदै बोरामै टेसिनुका साथै कुहिएर खान अयोग्य बनेको फलफुल तथा तरकारी सब्जिमण्डिका सचिव अहमद् गुड्डुले जानकारी दिनुभयो । विराटनगर–११ स्थित नयाँ गुद्रीमा समेत पानी पस्दा धेरै तरकारी कुहिएर खेर गएको सचिव गुड्डुले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्