सरकारले विगतको सरकारको गल्ती दोहोर्याउनु हुँदैन – नेता पौडेल

<span class='c1'>सरकारले विगतको सरकारको गल्ती दोहोर्याउनु</span> <span class='c2'>हुँदैन – नेता पौडेल</span>

सिराज खान
नेपालगञ्ज
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमाथि लागेको आक्षेपलाई उहाँले समयमै प्रष्ट पार्नुपर्ने सुझाव दिनु भएको छ ।
उहाँले प्रधानन्यायधिश चोलेन्द्र शमसेर जबरामाथि जुन किसिमको आक्षेप लागेको छ, त्यसलाई समयमै प्रष्ट पार्नुपर्ने कुरामा जोड दिनुभयो ।

पश्चिम क्षेत्रका बाढी तथा पहिरो पीडितको अवस्था बुझेर फर्किनु भएका वरिष्ठ नेता पौडेलले नेपाल प्रेस युनियन बाँकेले सोमबार विहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा सो कुरामा जोड दिनुभएको हो ।
उहाँले भन्नुभयो ‘प्रधानमन्त्री, प्रधानन्यायाधीश वा राष्ट्रपति जो सुकै होस सबैले आफूलाई आत्मा अनुशासित राख्नुपर्छ, केही कुरा बाहिर आएपछि त्यसलाई समयमै प्रष्ट पारेर अगाडि बढ्नुपर्छ ।’
अत्याधिक बहुमत पाएको विगतको कम्युनिष्ट सरकारले राम्रो काम नगर्दा र मुलुकलाई अधिनायकवादतर्फ लैजाँदा नेपाली कांग्रेसले सरकारलाई हटाउन बाध्य भएको जनाउँदै नेता पौडेलले संविधानलाई कार्यान्वयन गर्ने दायित्व कांग्रेसको काँधमा आएको बताउनुभयो ।
वर्तमान सरकारसंग नेपाली जनताका धेरै आंकाक्षा र अपेक्षा रहेको प्रष्ट पार्दै उहाँले यो सरकारले विगतका गल्तीलाई कुनै पनि हालतमा दोहोर्याउन नहुने बताउनुभयो ।
आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफू सभापतिको स्वभाविक उम्मेदवार हुने वरिष्ठ नेता पौडेलले सो अवसरमा जनाउनुभयो । उहाँले आफ्नो टिमबाट अन्य नेताले पनि आकांक्षा राखेको भए पनि अन्तिममा एउटै उम्मेदवारको टुंगो लगाइने प्रष्ट पार्नुभयो ।
आफू १३ औं महाधिवेशनको पनि उम्मेदवार भएकाले यसपटक आफ्नो टिमबाट आफूलाई सबैले सर्वसम्मत उम्मेदवार बनाउने उहाँको भनाइ थियो ।
‘प्रजातन्त्र भनेको सामूहिक नेतृत्व पनि हो, हामी मिलेर एकजना उम्मेदवार दिन्छौं,’ पौडेलले थप्नुभयो ‘केही साथीहरुको आकांक्षा कता कता सुन्नमा आए पनि सबै साथीहरुसँग छलफल गरेर एउटै उम्मेदवार टुंगा लगाउँछौं ।’ उनले महाअधिवेशन नहुँदा पार्टी संकटमा पर्न सक्ने आशंका पनि व्यक्त गर्नुभयो ।

पश्चिम क्षेत्रका बाढी तथा पहिरो पीडितको अवस्था बुझेर आइतबार बेलुकी बाँके पुग्नु भएका वरिष्ठ नेता पौडेलले कोहलपुर र नेपालगञ्जमा आयोजित कार्यकर्ता भेलालाई पनि सम्बोधन गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्