विराटनगर।
प्राइभेट बोर्डिंग स्कुल एसोसिएसन (प्याब्सन बिराटनगर) ले विपद् व्यवस्थापन समिति मोरंगका संयोजक एवम् बिराटनगर महानगरका सहायक सिडिओ महेशराज तिम्सिना, जिल्ला प्रहरी कार्यालय मोरंगलाई गत साता आएको बेमौसमी बाढीबाट क्षतिग्रस्त क्षेत्रमा वितरण गर्नका लागि खाद्यान्न का सामाग्रीहरु राहत स्वरुप वितरण गरेको छ।
आवर बिराटनगर संग कुरा गर्दै प्याब्सन बिराटनगरका उपाध्यक्ष अर्जुन श्रेष्ठले 'बाढीबाट क्षतिग्रस्त क्षेत्रमा वितरण गर्नका लागि खाद्यान्न का सामाग्रीहरु विपद् व्यवस्थापन समिति मोरंगका संयोजक एवम् बिराटनगर महानगरका सहायक सिडिओ महेशराज तिम्सिना ज्युलाई राहत सामग्री हस्तान्तरण गरेका छौं जुन उहाँहरुले आवस्यकता अनुसार वितरण गरिदिनुहुनेछ भनि हामीलाई पूर्ण विश्वास छ ' भने ।