विराटनगर । जनकपुरमा कार्यरत डिभिजनल इन्जिनियर राजेश कुशवाहा माथी सिके राउतका कार्यकर्ताले गरेको अमानविय दुव्र्यवहार प्रति विराटनगरमा ईन्जिनियरहरुले विरोध गरेका छन् ।
नेपाल ईन्जिनियर्स एशोसिएसन प्रदेश १ र सेन्टर फर डेमोक्राटिक ईन्जिनयर्स नेपाल( सिडेन ) ले सयुक्त रुपमा प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालय अगाडी आईतबार एक घन्टा बढी विरोध स्वरुप केही समय धर्ना दिएका थिए ।
विरोधमा बोल्दै इन्जियनियर्स एशोसिएसन प्रदेश १ का सभापति यशवन्त विक्रम शाह, सचिव विकास भट्टराई , ईन्जिनियर भरत न्यौपाने लगायतले घटनाको छानविन गरी दोषि उपर कारबाहीको माग गरेका छन् ।
कानुनी उपचार हुदादुदै पनि व्यक्तिगत रिसिवीका कारण कुशवाहालाई केही अराजक समूहले अत्यन्तै दुव्र्यवहार एवं अमानवीय क्रियाकलाप गरेको प्रति एशोसिएसनले घोर विरोध जनाएको छ ।
यसैविच ईन्जिनियर्स एशोसिएसनले घटनामा संलग्नलाई कारबाही हुनुपर्ने र सम्पुर्ण ईन्जिनियरहरुको शान्ति शुरक्षाको माख राख्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ध्यानआर्कषण पत्र समेत बुझाएका छन् ।
कुशवाहलाई गत कातिक ४ गते संघिय खानेपानी तथा ढल व्यावस्थापन आयोजना जनकपुरमा भ्रष्टाचार गरेको भन्दै सिके राउतले नेतृत्व गरेको राष्ट्रिय जनमत पार्टीका कार्यकर्ताले कार्यकक्षबाटै उठाएर अर्ध नग्न बनाए बजार घुमाएका थिए । उक्त घटनाको देशभरबाट अहिले विरोध भइरहेको छ । यसैविच सोमबार मुलुकभरका ईन्जिनियरहरुले कालो पटी बाधेर २ घन्टा आ आफ्नो कार्यलयमा विरोध गरेका छन् ।