धनुषाका कुम्हार समुदायलाई दियो बनाउने चटारो

<span class='c1'>धनुषाका कुम्हार समुदायलाई</span> <span class='c2'>दियो बनाउने चटारो</span>

विजयकुमार साह
गाेरखापत्र
ढल्केवर, कात्तिक ८ गते । दीपावली तथा छठ पर्व आउन लागेपछि धनुषाको क्षरेश्वरनाथ नगरपालिका ९, इच्छापुरका कम्हार समुदायलाई दियोलगायत माटोको भाँडा बनाउने चटारो छ ।

अहिले परिवारका सदस्य एकाबिहानै उठेर अबेर रातिसम्म माटोको भाँडा बनाउने काममा व्यस्त रहने गर्नुभएको छ । दीपावली र छठपर्वमा माटोका भाँडाको माग बढने हुँदा सो समुदायको व्यस्तता बढेको हो । फुर्सदिला महिला तथा पुरुषहरु यतिबेला सो काममा व्यस्त रहने गरेका छन् ।

जिल्लाको इच्छापुर, नौसयबिघा, सराबे कुम्हरौललगायत स्थानका कुम्हार समुदायलाई भाँडा बनाउनबाट अहिले फुर्सद छैन । इच्छापुर गाउँमा मात्र करिब ५० घर कुम्हार जातिको बसोबास छ । सबै घरपरिवारका सम्पूर्ण सदस्य यतिखेर माटोको भाँडा बनाउने काममा व्यस्त छन् ।
आउन लागेको चाडपर्वको अवसरमा बढीभन्दा बढी माटोको भाँडा बनाएर बिक्री गर्नु र राम्रो आम्दानी गर्ने सो समुदायको ध्याउन्न छ । दियो जति संख्यामा बनाए पनि विक्रीमा समस्या नरहेको उहाँहरुको भनाई छ । बिजुलीको झिलिमिली वत्तिले व्यापारमा कुनै घाटा हुँदैन नौसयबिघाका लक्ष्मण पण्डितले भन्नुभयो ।

कुम्हार समुदायले दीपावली तथा छठ पर्वलाई लक्षित गरी माटोको दियो र घैलासहित विभिन्न किसिमका भाँडाकुँडा बनाउने गरेका छन् । भाँडो बनाउन प्रयोग हुने (कम्हरौटी) शुद्ध माटो जताततै नपाइने हुँदा टाढा–टाढाबाट ल्याएर काम गर्नुपरेको पण्डितले बताउनुभयो ।

भाँडा बनाउन कुम्हरौटी माटो सराबे र इच्छापुरबाट दुई हप्ता अगाडि नै ल्याएर जोहो गरिसकेको छु, नजिकमा माटो नपाइने भएकाले टाढाबाट माटो खरीद गरी ल्याउनुपर्ने बाध्यता छ, लक्ष्मणले भन्नुभयो, ‘यस्तो माटो यता पाउँदैन ।’

दीपावली तथा छठ पर्वमा दियो, चौमुखे दियो, कलश लगायतका सामग्रीको अत्यधिक माग हुने भएकाले आफूहरु समान बनाउने काममा लागेको इच्छापुरका गणेश पण्डितले बताउनुभयो । तिहार र छठ पर्वका लागि आवश्यक पर्ने माटोको भाँडा बनाउँदा बनाउँदै दिन बित्छ’, पण्डितले सुनाउनुभयो, ‘तिहार र छठ पर्व हाम्रो लागि वर्षभरिको आम्दानी गर्ने राम्रो अवसर हो ।

गणेशसँगै सोही ठाउँका शिवनारायण पण्डितको परिवारलाई पनि दियो, चौमुखे दियो, कलशलगायतका सामग्री बनाउन भ्याइनभ्याई छ । तिहार र छठ पर्वमा खर्च कटाएर ती सामग्री बेच्दा करिब ४०–४५ हजार रुपियाँसम्म बचत हुनेगरेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्