भारतमा ” दिपावली कप २०२१ ” खेलाउंदै विराटनगरका रेफ्री बिक्की कार्की

भारतमा  ” दिपावली कप २०२१ ”  खेलाउंदै विराटनगरका रेफ्री बिक्की कार्की

विराटनगर ।

आकृति रानी फुयल।

भारत पश्चिम बंगाल स्थित दार्जिलिङकाे फेञ्चेटारमा जारि " दिपावली कप २०२१ " खेलाउने अवसर यसपाली बिराटनगरका उत्कृष्ट रेफ्री बिक्की कार्कीले पाएका छन् ।

फेञ्चेटारमा जारि सो टुर्नामेन्टको मूल आयोजक दार्जिलिङ्गको राइजिङ्ग स्टार स्पोर्ट्स एकेडेमी रहेको छ जसको अध्यक्ष पल पासांग शेर्पा रहेको रेफ्री कार्कीले बताए ।

गत असोज २२ गतेदेखि सुरु भएको दिपावली कपको यो १२ औं संस्करण हो जसमा पश्चिम बङ्गालका कालिमपोङ्ग, सिक्किम , मिरिक , दार्जिलिङ्ग पुलिस क्लब लगायतका उत्कृष्ट टिमहरुले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् भने अब सेमी फाइनल र फाइनल हुन बाकि रहेको छ ।

आवर विराटनगरसंग कुरा गर्दै उनि भन्छन् ,' आफु खेल क्षेत्रमा लागेको धेरै भैसक्यो तर देशभित्र मात्र हुने खेलहरुमा सहभागी हुने र खेलाउने गरेको थिए ◌ँ तर आज आफुले छिमेकी राष्ट्र भारतमा समेत आएर खेल खेलाउने सुनौलो अवसर पाएकोमा गर्व महसुस भैरहेको छ। त्यसैले म सम्पूर्ण आयाेजक परिवार, सहभागी क्लब, खेलाडी, अन्य क्लबका सदस्यहरु साथै नेपाल फुटबल रेफ्री संघका केन्द्रीय सदस्य मेरा मार्गदर्शक दाइ प्रदिप कुमार बस्नेत साथै यहाँका स्थानीयबासी जसले मलाई यति धेरै साथ , सहयोग अनि हौसला दिनुभएको छ सबैजनालाई धन्यवाद दिन चाहन्छु ' ।

साथै नेपाल र भारतबीचको खेल सम्बन्ध साथै भाइचारा समेत मजबुत बनाउने उद्देश्यले आफुले फ़ेञ्चेटारका खेलाडीहरुलाई आफ्नो तर्फबाट फुटबल र खेल अभ्यासमा आवश्यक पर्ने सामाग्रीहरु प्रदान गरेको रेफ्री कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्