सेन्ट्रल बजारले ल्यायो तिहार तथा छैठ लक्षित अफर

<span class='c1'>सेन्ट्रल बजारले ल्यायो तिहार</span> <span class='c2'>तथा छैठ लक्षित अफर</span>

विराटनगर । विराटनगरमा रहेको सेन्ट्रल बजारले तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सामान खरिदमा आफ्ना सेवाग्राहीलाई विभिन्न अफर ल्याएको छ ।

सेन्ट्रल बजारले चाडपर्व अफर अन्तरगत १४ सय ९९ रुपैयाँ माथिको खाद्यन्न खरिदमा प्रति केजी चिनी ६९ रुपैयामा नै खरिद गर्ने व्यवस्था गरेको सेन्ट्रल बजारका प्रबन्धक गिरिश राठीले जानकारी दिनुभयो ।

साथै सेन्ट्रल बजारले मेघा अफर अन्तर्गत १ केजी मौसम चियापतिको खरिदमा आधा केजी चिनी सित्तैमा प्रदान गर्दै आएको राठीले जानकारी दिनु भयो । त्यसैगरी उहाँले २.२५ लिटरको २ बोतल कोक/ फेन्टा वा स्प्राईट खरिदमा रु ६०/या १.५ लिटरको २ बोटल कोक/ फेन्टा वा स्प्राईट खरिदमा ३० रुपैया छुटको व्यवस्था गरिएको बताउनु भयो ।

साथै सेन्ट्रल बजारले आफ्ना ग्राहकहरुका लागि ल्याएको लोयल्टी कार्डको प्रयोग गरि गरिएको प्रत्येक खरिदमा छुटहरु र लोयल्टी प्वाईन्ट पाईने बताएको छ । उक्त लोयल्टी प्वाईन्टबाट थप अफर र पुरस्कारहरु पनि प्राप्त गर्न सकिने राठीले जानकारी दिनु भयो ।

यसका साथै गार्मेन्ट्स, जुत्ता, एसेसोरिज, ब्याग तथा घडी सेक्सनमा रोयल्टी कार्डबाट खरिद गर्दा ५ प्रतिशतको फ्लाट डिस्काउन्ट दिईने गरेको छ ।
उक्त लोयल्टी कार्ड प्राप्त गर्नका लागि आधिकारिक परिचय पत्रका साथ सेन्ट्रल बजारमा सम्पर्क गर्न सकिने राठीले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्