नेकपा एमाले नगर अधिवेशन: विराटनगर महानगरमा सचिवका लागि युवा नेता कोइरालाको दावेदारि

<span class='c1'>नेकपा एमाले नगर अधिवेशन: विराटनगर महानगरमा सचिवका</span> <span class='c2'>लागि  युवा नेता  कोइरालाको दावेदारि</span>

आकृति रानी फुयाल ।
विराटनगर । देशव्यापी रुपमा आज हुन गईरहेको नेकपा एमालेको नगर अधिवेशन अन्तर्गत विराटनगर महानगर कमिटीको सचिवमा युवा नेता रोहित कोइरालाले आफ्नो दाबेदारी पेश गरेका छन् ।

आवर विराटनगरसँग कुरा गर्दै उनले अधिवेशनलाई सर्वसम्मतमा लैजान नेताहरुको प्रयास भईरहेको बताए । उनले आज विराटनगरको मेनरोडस्थित जैन भवनमा हुने अधिवेशनमा अध्यक्ष पदमा पर्शुराम बस्नेत र सागर थापाको दाबेदारी रहेको जानकारी दिए । महानगर कमिटीको सचिव पदका लागि भने रोहित कोइराला र मीनकुमार आचार्य प्रमुख आकांक्षी देखिएको पार्टीले जनाएको छ ।

यसअघिको स्थानीय तहको चुनावमा नेकपा एमालेको गुमेको स्थान फिर्ता दिलाउन र राजनीतिमा युवाहरुको सहभागिता बढाउन यसपटक आफुले सचिव पदका लागि दाबेदारी पेश गरेको युवा नेता कोईरालाले बताए । उनले पार्टीभित्रका विकृति र विसंगतिलाई समाप्त पार्दै पार्टीलाई गतिशील बनाउन समेत आफुले दाबेदारी पेश गरेको जिकिर गरे । 'पार्टीमा नेतृत्व गर्ने अवसर पाएदेखि सुस्त गतिमा रहेको विराटनगरको विकास निर्माणको कार्यलाई तिव्रता प्रदान गर्दै समृद्ध विराटनगर निर्माण गर्ने लक्ष्यका साथ यस अधिवेशनमा होमिएको छु', उनले भने, 'अवसर पाए भने विराटनगरको शिक्षा ,स्वास्थ्य ,खेलकुद, जेष्ठ नागरिक, अपाङ्गता र विकास निमार्ण लगायतका क्षेत्रमा सुधार ल्याउन बिशेष पहल गर्नेछु ।'

सचिव पदका आकांक्षी कोईरालाले भने आज हुन गईरहेको ऐतिहासिक प्रथम नगर अधिवेशनलाई सफल पार्न १९ वटै वडाका प्रतिनिधि, संगठित सदस्य र शुभेच्छुकहरुआग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्