प्रधानन्यायाधीशले राजिनामा दिनुपर्ने बिषयमा एमाले तटस्थ रहने : ओली

<span class='c1'>प्रधानन्यायाधीशले राजिनामा दिनुपर्ने बिषयमा एमाले</span> <span class='c2'>तटस्थ रहने : ओली</span>

विराटनगर । नेकपा एमाले अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने बिषयमा एमाले मौन रहने बताउनुभएको छ ।

मंगलबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । अदालत लोकतान्त्रिक शासन व्यवस्थाको स्तम्भ रहेकाले प्रधानन्यायाधीशको राजीनाको सवालमा एमाले तटस्थ बस्ने उहाँले जिकिर गर्नुभयो । उहाँले संवैधानिक इजलाशले गरेको फैसलालाई न्यायाधीशहरुले नै अस्वीकार गरेको भन्दै आपत्ति जनाउनुभयो । प्रधानन्याधीशलाई महाअभियोग लगाउने वा नलगाउने प्रश्नमा उहाँले स्पष्ट जवाफ दिनुभएन् ।

फरक प्रसङ्गमा बोल्नहुँदै अध्यक्ष ओलीले अहिलेको विपक्षी गठबन्धनले प्रक्रियागत ढंगबाट सिस्टम माथि प्रहार गर्न खोजिरहेको आरोप लगाउनुभयो । तर, नेपालमा नेकपा एमाले जस्तो पार्टी र सचेत जनता भएकोले गठबन्धको त्यो प्रयास असफल हुने उहाँले तर्क गर्नुभयो ।

अर्को प्रसङ्गमा जवाफ दिनुहुँदै अध्यक्ष ओलीले वर्तमान सरकारको अकर्मण्यताले संसदले पनि कुनै काम गर्न नसकेको टिप्पणी गर्नुभयो । ‘हामी सरकारमा हुँदा एकजना पनि उभियो भने संसदमा व्यवधान खडा भएको भन्दै १ मिनेटमै संसद् स्थगित हुन्थ्यो,’ उनले भने, ‘तर, अहिले नेकपा एमाले जस्तो देशको सबैभन्दा ठूलो पार्टी र प्रमुख प्रतिपक्षले विरोध जनाउँदा पनि जस्केलाबाट हाम फालेर, झ्यालबाट हामफालेर, करिडोरबाट छिरेर, पछाडिको ढोकाबाट छिरेर, झ्यालबाट छिरेर मन्त्री आउने र कार्यक्रम सञ्चालन भयो भन्ने तमाशा त छँदैछ नि ।’

यस्तै माओवादी परित्याग गरि एमाले प्रवेश गरेका पुर्वमन्त्री प्रभु शाहले पनि नयाँ पार्टी खोल्ने तयारीमा रहेको प्रश्नमा जवाफ दिनुहुँदै अध्यक्ष ओलीले लोकतन्त्रमा पार्टी खोल्ने स्वतन्त्रता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीभित्र अनुशासनहीन काम गर्ने, अराजक बन्ने, गरेका काम गरेको छैन भन्ने अनि एउटा तयारीका साथ बैठकमा आउने र फलानाले यसो भनेको हुनाले यसो गरे भन्ने । यस खालका न्यु खोजाईभन्दा पार्टीमा बस्ने वा पार्टी छोड्ने, त्यो स्वतन्त्रता मान्छेलाई हुन्छ ।’

यस्तै प्रदेश नं. १ सरकारले विश्वासको मत पाउने वा नपाउने बिषयमा जवाफ दिनुहुँदै अध्यक्ष ओलीले जे पनि हुनसक्ने सम्भावना रहेको बताउनुभयो । ‘पार्टीभित्रै केही मान्छेहरुले अग्रगमनलाई धक्का पुर्‍याउने प्रतिगामी कदम चाले । त्यसो भएको हुनाले प्रदेश १ सरकारले संसदमा विश्वासको मत नपाउने अवस्था पनि आउनसक्छ,’ उहाँले भन्नुभयो, ‘कहिलेकाँही सतहमा जे देखिएको हुन्छ त्यही मात्रै हुँदैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्