बिपीमा भईरहेको संघर्षको वास्तविकता बुझ्छु : मन्त्री खतिवडा

<span class='c1'>बिपीमा भईरहेको संघर्षको वास्तविकता</span> <span class='c2'>बुझ्छु : मन्त्री खतिवडा</span>

विराटनगर । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भईरहेको संर्घषको वास्तविकता बुझ्ने बताएका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् । उनले सरोकारवाला, दलका प्रतिनिधि, जनप्रतिनिधि र स्थानीय नागरिक समाज लगायतका पक्षसँग आन्दोलनको वास्तविकता बुझ्ने जानकारी दिए । प्रतिष्ठानमा भईरहेको अनियमितता विरुद्ध पछिल्लो १३५ दिनदेखि प्रतिष्ठानका चिकित्सक, विद्यार्थी र कर्मचारीहरु संघर्षरत छन् । राज्यमन्त्रीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय चलाउन नपाउने उनीहरुको माग छ ।

घटनाको वस्तुस्थिति बुझ्ने र समस्याको हल निकाल्ने उद्देश्यसहित विराटनगर हुँदै धरान हिँडेका खतिवडाले विश्वविद्यालय ऐन अनुसार २२ जना सिनेट सदस्यमध्ये ६ जनाको निवेदनका आधारमा आफ्नो संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सचिव र धरान उपमहानगरपालिकाका मेयर सदस्य रहेको समितिले छानबिन सुरु गरेको बताए । चाँडै नै समस्याको निचोड निस्कने उनको भनाई थियो ।

प्रतिष्ठानका पदाधिकारी नियुक्तिदेखि भौतिक तथा प्रशासनिक क्षेत्रको अनियमितता र समस्या पहिचानका लागि बैकुण्ठ अर्याल नेतृत्वको उच्च स्तरीय छानबिन समितिको प्रतिवेदन भने हालसम्म कार्यान्वयनमा गएको छैन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्