नेकपा एमाले विराटनगरको नेतृत्वमा सहमति नभएपछि बन्दसत्र रोकियो

<span class='c1'>नेकपा एमाले विराटनगरको नेतृत्वमा</span> <span class='c2'>सहमति नभएपछि बन्दसत्र रोकियो</span>

विराटनगर । सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा कुरा नमिलेपछि नेपका एमाले विराटनगर महानगरको प्रथम अधिवेशनको बन्दसत्र भोलिलाई सरेको छ । महानगरको नेतृत्वमा सर्वसम्मत हुननसक्दा बन्द सत्र स्थगीत गरेर भोलिलाई सारिएको हो ।

नेताहरुले रातभरमा समझदारी प्रयास गर्ने भन्दै बन्द सत्र रोकेर सहमति खोज्ने समय लिएका हुन् । महानगरका इन्चार्ज सागर थापा र पर्शुराम बस्नेत दुवैजनाले अध्यक्षको दावी नछोडेपछि निर्वाचन प्रतिस्प्रर्धातर्फ अधिवेशन धकेलिएको छ ।

आज जैन भवनमा उद्घाटन सकेपछि पाञ्चालीस्थित कञ्चनजंगा पार्टी प्यालेसमा बन्द सत्र गर्ने कार्यक्रम तय भएको थियो । तर, थापा र बस्नेत प्यानलबीच सहमति गराएर नेतृत्व छान्न नसकेपछि बन्दसत्र स्थगीत गरेर भोलिका लागि सारिएको हो ।
अध्यक्षमा थापा र बस्नेत, उपाध्यक्षमा रामचन्द्र महतो मात्रै सचिवमा रोहित कोइराला, राधेश्याम कट्टेल र मिनकुमार आचार्यको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्