४८ मेगावाटको खिम्ती-२ जलविद्युतकाे सिभिल संरचना निर्माण सुरु

<span class='c1'>४८ मेगावाटको खिम्ती-२ जलविद्युतकाे</span> <span class='c2'>सिभिल संरचना निर्माण सुरु</span>

बाबुराम शर्मा
चरीकोट दोलखाको जिरी नगरपालिका र तामाकोसी गाउँपालिका तथा रामेछापको गोकुलगङगा गाउँपालिकाको सिमाना भएर बग्ने खिम्ती खोलामा ढिलै भए पनि ४८ दशमलव पाँच मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत् आयोजनाको सिभिल संरचना निर्माण सुरु भएको छ ।

मन्त्रालयबाट आयोजनाको प्रवद्र्धक कम्पनी पिपुल्स इनर्जीले स्वीकृति पाउनुका साथै जग्गाको भोगाधिकार र निर्माणको स्रोत पनि सुनिश्चित भएकाले आयोजनाको सिभलि संरचना निर्माण सुरु भएको कम्पनीका उपाध्यक्ष देवबहादुर पौडेलले बताउनु भयो ।
गत २०७४ सालबाटै आयोजना निर्माण सुरु गरी २०७८ सालमा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढे तापनि निर्माणका लागि स्रोतको निश्चित समेत नहुँदा ढिलाइ भएको थियो । उहाँले भन्नुभयो, कोरोनलगायतले नरोके अब बाटो खुलेको छ । दुई वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य सहित काम अघि बढेको छ ।

आोजनाको निर्माण काम तीन प्याकेजमा सम्पन्न गर्ने गरी तयारी गरिएकोमा हाल सिभिलको काम हाइड्रो हिमाल कम्पनीमार्फत भइरहेको छ । हाइड्रो मेकानिकल तथा इलेक्ट्रोमेकानिकलको काम अगाडि बढाउन ठेक्का प्रक्रिया सुरु गर्न लागिएको कम्पनीका उपाध्यक्ष पौडेलले बताउनुभयो ।
पहिलो चरणमा सिभिल संरचनाको काम अन्तर्गत बाँध, निर्माण, इनटेक,बालुवा थिग्रयाउने पोखरी, टनेल निर्माण, पेनस्टक र विद्युत् गृह निर्माणको काम सुरु भएको उहाँले जानकारी दिनु भयो ।

जिरी नगरपालिका–८ आहालेभन्दा तल्लो क्षेत्रदेखि गोकुलगङगा गाउँपालिका–३ धारापानी क्षेत्रमा ड्याम निर्माण सुरु भएको छ । यहाँ बाँध बनाएर करिब आठ कलिोमिटर लामो सुरुङ मार्ग निर्माणको काम पनि सुरु भएको छ । तामाकोसी गाउँपालिका–७ पलाँतेमा विद्युत् गृह पनि निर्माण थालनी भएको छ ।
गत २०७४ सालमा चिनियाँ कम्पनीले आयोजना निर्माण गर्ने र ९० प्रतिशत लगानी गर्ने सम्झौता भई पिपुल्स इनर्जीले चिनियाँ कम्पनी सिडब्लु र टिडब्लु कम्पनीलाई निर्माणको जिम्मा दिएको थियो । सो कम्पनीले लगानी नै नगरी छोडेपछि आयोजना निमर्काणको काम अघि नबढेको हो ।
अहिले सानीमा बैंकको अगुवाइमा १० वटा बैंकहरुले आयोजना निर्माणमा लगानी गर्ने भएका छन् । सानीमा, सिद्धार्थ, नबिल, जनता, एनआइसी एसिया, बैंक अफ काठमाडौँ, सिभिल, ग्लोबल र एनसीसीलगायतले छ अर्ब ४८ करोड ४० लाख रुपियाँ लगानी गर्ने भएका छन् ।

आठ अर्ब ६४ करोड लगानी हुने आोजनजामा बैंकहरुको ७० प्रतिशत र उपभोक्ताहरुको ३० प्रतिशत लगानी हुने उहाँले जानकारी दिनु भयो ।
आयोजनाले २०६९ सालमा सर्वेक्षण अनुमतिपत्र, २०७२ सालमा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन, नेपाल विद्युत् प्राधिकरण र आयोजनाबीच २०७२ सालमा खरिद बिक्री सम्झौता र २०७३ सालमा विद्युत् उत्पादन अनुमति पत्र समेत भएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्