केरा बगानमा क्षति

<span class='c1'>केरा बगानमा</span> <span class='c2'>क्षति</span>

अविरल वर्षासँगै एक साता अगाडि आएको हावाहुरीका कारण सप्तरीको खडक नगरपालिका–१० स्थित केरा बगानमा ठूलो क्षति भएको छ । झण्डै १५ बिघा क्षेत्रफलमा लगाइएको केरा बगानमा तयार हुन लागेका तीन हजार ५०० केरा घरी क्षति भएको स्थानीयवासी वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो ।

अविरल वर्षासँगै चलेको हावहुरीका कारण दुई वर्षअघि सञ्चालनमा आएको सो केरा बगानमा रु २५ लाखभन्दा बढीको लगानी डुबेको फार्मका सञ्चालक उमेश साहले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुका वर्ष राम्रै कमाइ भएको तर, यस पटक हावाहुरी र वर्षाले लगानी समेत डुबायो, घरका सबै जग्गा जमिन बैंककमा धितो राखेर ऋण उठाएर बगानमै लगानी गरे तर, प्राकृतिक प्रकोपले सबै बर्वाद गरिदियो ।”

छठ पर्वमा केराको बिक्री राम्रो हुन्छ । कतिपय केराको घारी त्यस बेलासम्म तयार भइसक्ने र छठमा बेच्ने योजना रहेको उहाँले सुनाउनुभयो । यही कात्तिक १ र २ गते भएको वर्षा र हावाहुरीले उहाँले लगाएको केराबाली नष्ट गरेको हो । वर्षा र हावाहुरीले लगाएका अधिकांश केराका बोट लडाएको छ ।

शिक्षण पेशा छाडेर कृषि पेशामा लागेकामा अहिले पछुतो लागिरहेको जनाउँदै दश वर्ष शिक्षण पेशामा आबद्ध रहेका साहले कृषिमा राम्रो आम्दानी होला भन्ने सोचका साथ यो पेशामा लागेको बताउनुभयो । बाली कृषि बीमाका लागि सम्बन्धित ठाउँमा निवेदन दिँदा हालसम्म त्यसको सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो । उहाँसँगै अरु किसानको केरा बालीमा समेत क्षति पुगेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्