एमाले विराटनगर अध्यक्षमा थापा, सचिवमा कोइराला

एमाले विराटनगर अध्यक्षमा थापा, सचिवमा कोइराला

विराटनगर । नेकपा एमाले विराटनगर महानगरपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा सागर थापा र सचिव रोहित कोइराला सर्वसम्मत चयन भएका छन् । आज भएको बन्दसत्रबाट थापा अध्यक्ष र कोइराला सचिवसहित सर्वसम्मत कमिटि गठन गर्ने सहमति भएको हो ।

महानगर समितिमा सर्वसम्मत रुपमा उपाध्यक्षमा शिल्पा निराला कार्की, सह–सचिव नवराज नेपाल र जयप्रकाश महतोलाई चयन गर्ने सहमति भएको अध्यक्षका दाबेदार युवा नेता पर्शुराम बस्नेतले जानकारी दिए । सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने पक्षमा हामी सबै एकमत भएका हौं, बस्नेतले भने, नयाँ जोससहितको टिम बनाएर महानगरलाई चलायमान बनाउन सबै लाग्छौं ।
पदाधिकारी सर्वसम्मत चयन गरेको एमालेले वडाबाट महानगरमा निर्वाचित हुने सदस्यहरुको अन्तिम टुङ्गो लगाउने काम गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्