विराटनगर दुर्घटना अपडेट : कारले ओभरटेक गर्दा दुर्घटना भएको खुलासा

<span class='c1'>विराटनगर दुर्घटना अपडेट : कारले</span> <span class='c2'>ओभरटेक गर्दा दुर्घटना भएको खुलासा</span>

विराटनगर । एक जनाको मृत्यु र ६ जना घाइते हुने गरि विराटनगर–४ आयल निगमस्थित बुधबार साँझ भएको दुर्घटना कारले ओभरटेक गर्दा भएको खुलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कारले ओभरटेक गर्न खोज्दा ट्रकमा ठोक्किएर दुर्घटना भएको खुलेको हो । बुधबार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ नम्बरको रातो कारले सोही दिशातर्फ जाँदै गरेको प्रदेश २–०३–००१–ख १७७१ नम्बरको मालवाहक ट्रकलाई ओभरटेक गर्न खोजेको थियो । ओभरटेक गर्ने क्रममा कार ट्रकमा ठोक्किएर सडकमा राखिएको डिभाईडरमा समेत ठोक्किएको थियो । कारको ठक्करले उछिट्टिएको डिभाईडरले लागेपछि पैदलयात्री विराटनगर–३ हलेसी टोलका ६० वर्षीय रमेशकुमार पाण्डे गम्भीर घाईते भएका थिए । उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

बुधबार राती भएको दुर्घटनामा परि ६ जना घाइते भएका छन् । दुर्घटनामा परी कार चालक सप्तरीको राजविराज घर भएका दिलिपकुमार यादव, ब्रम्हदेव यादव, गिरिराज चौधरी र सुनिता यादव घाइते भएका छन् । उनीहरु सबै कारमा सवार थिए । उनीहरूको उपचार विराटनगरस्थित नोबेल मेडिकल कलेज र विराट नर्सिङ होममा उपचार भईरहेको छ । कारले पैदलयात्रीलाई ठक्कर दिएपछि इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको बा २ झ ३२६५ नम्बरको नेपाली सेनाको स्कारपियोलाई पनि क्षति पुगेको मोरङ प्रहरीले जनाएको छ । नेपाली सेनाले गाडी र ट्रक चालक हाल मोरङ प्रहरीको नियन्त्रणमा छन् ।

घटनाबारे भने थप अनुसन्धान भईरहेको मोरङ प्रहरीको भनाई छ ।

केही तस्बिरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्