विराटनगर । इलाका प्रहरी कार्यालय रानीले विराटनगर–१८ भेडियारीबाट स्रोत नखुलेको ८ लाख २० हजार रुपिँयासहित एकजनालाई नियन्त्रणमा लिइएको छ । को.२९ प ८६४० नम्बरको स्कूटरमा सवार झापा बिर्तामोड–३ का उमेश साहले बोकेको रकमको स्रोत नखुलेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले नेपाली नगद रु १००० को ३३५ थान, रु ५०० को ६४० थान, रु १०० को १६०० थान र रु ५० को १०६ थान नोट बरामद गरेको जानकारी दिइएको हो । प्रहरी नियन्त्रणमा परेका साहमाथि थप अनुसन्धान गर्नराजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाइएको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।