विराटनगरमा पच्चीस तल्लाको व्यापारिक कमप्लेक्स बन्ने

विराटनगरमा पच्चीस तल्लाको व्यापारिक कमप्लेक्स बन्ने

विराटनगर । महानगर र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा २५ तल्लाको व्यापारिक कमप्लेक्स बन्ने भएको छ ।

विराटनगर वडा न.९ मा रहेको गुद्रिबजार क्षेत्रमा रहेको १४ कट्ठा जग्गामा उक्त व्यापारिक कमप्लेक्स बन्न लागेको हो । बुधबार विराटनगर महानगरमा आयोजित एक कार्यक्रमका बीच विराटनगर महानगर र प्रदेश सरकार प्रदेश नं.१ ले व्यापारिक कमप्लेक्स बनाउने विषयमा समझदारी गरेका हुन् । प्रदेशसभा सदस्य तथा कांग्रेस मुख्य सचेतक केदार कार्की ,विराटनगर महानगरका मेयर भीम पराजुली,उपमेयर इन्दिरा कार्की,वडा नं. ९ का वडाध्यक्ष बिश्वनाथ भगत लगायतको उपस्थितीमा प्रदेश लगानी प्राधिकरणका निर्देशक डा.सरोज कोइराला र महानगरका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

परियोजनाको काम आगामी तीन महिनाभित्रै शुरुवात हुने बताइएको छ । स्वदेशी लगानीकर्ताहरुकै लगानीमा बन्ने उक्त कमप्लेक्सको लगानी झण्डै ५ अरब भन्दा बढिको हुने कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य तथा कांग्रेस मुख्य सचेतक केदार कार्कीले प्रदेश १ को राजधानीकारुपमा रहेको विराटनगरले अन्तराष्ट्रिय स्तरको व्यापारिक कमप्लेक्स पाउन आटेको बताए । यो योजनाले शहरको सुन्दरता,स्थानिय आर्थीक उपार्जन हुनका साथै आर्थीकरुपमा विराटनगर महानगर समेत सवल बन्ने कार्कीले बताए ।

यस्तै विराटनगर महानगरका मेयर भीम पराजुलीले नगरवासीको दीर्घकालिन हितलाई ध्यानमा राख्दै परियोजनालाई अगाडी बढाएको बताए ।आधुनिक, सुविधासम्पन्न र अन्तराष्ट्रिय स्तरको व्यापारिक भवन बन्ने हुदा विराटनगर थप गतिशिल शहरकारुपमा स्थापित हुने मेयर पराजुलीको भनाइ थियो । कुनै पनि विकास आफ्नै पालामा सम्पन्न हुनुपर्छ जरुरी छैन मेयर पराजुलीले भने “राम्रो कामको शुरुवात भएको छ ,केही बर्षमै सम्पन्न हुनेछ ।”

कार्यक्रममा वडा नंं ९का वडाध्यक्ष बिश्वनाथ भगतले व्यापारिक कमप्लेक्स बनाउन वडास्तरवाट गर्ने सवैखाले प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै परियोजना संझौताको रोहवरमा विराटनगर महानगरका सामुदायिक साखा प्रमुख पुनम दाहाल र प्रदेश लगानी प्राधिकरण प्रदेश १ का अधिकृत वासुदेव कुवर रहेका छन् ।

व्यापारिक कमप्लेक्स भवन ३ वर्षभित्र बनिसक्ने छ भने यसमा निजि सहकारी साझेदारी तथा लगानी प्राधिकरण नियावली,२०७६ मा भएको कानूनी व्यवस्थाको अधीनमा रही परियोजना सम्पन्न गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्