अख्तियारमा उजुरी परेपछि विराटनगर ‘बी प्लटको पार्क’ निमार्ण अलपत्र

<span class='c1'>अख्तियारमा उजुरी परेपछि विराटनगर ‘बी</span> <span class='c2'>प्लटको पार्क’ निमार्ण अलपत्र</span>

विराटनगर । अख्तियारमा दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका कारण विराटनगर–९ मेनरोडस्थित बी प्लटमा निर्माणाधिन पार्क अलपत्र परेको छ ।

गुणस्तरहीन काम गरिएको भन्दै अख्तियारमा परेको उजुरीका कारण ८० प्रतिशत निर्माण सम्पन्न पार्कले पुर्र्णता पाउन नसकेको हो । अख्तियारमा उजुरी परेपछि पार्कको गुणस्तर जाँच र निरिक्षणका लागि टोली नआईसकेकाले थप निर्माण कार्य अघि बढाउन सकिएको छैन् । शहर बजार क्षेत्रमा ‘ओपन स्पेस’ हुनुपर्छ भन्ने अवधारणा सहित २०७६ असार १७ गते निमार्ण सम्झौता गरिएको पार्कले हाल अलपत्र अवस्थामा छ ।

आर्थिक वर्ष २०७५/०७६ को नगरसभाले विराटनगरको कोर एरियामा ग्रिनपार्क निर्माण गर्ने निर्णय गरेको थियो । नगरसभाको निर्णय बमोजिम २०७६ असार १७ गते कुल ८३ लाख ८१ हजार २ सय ६७ रुपैयाँको लागतमा पार्कको निमार्ण सम्झौता गरिएको थियो । प्रदेश सरकारको ४८ लाख, महानगरको २९ लाख ९६ हजार २ सय ६७ र उपभोक्ता समितिको ५ लाख ८५ हजारको लागतमा पार्कको निमार्ण सम्झौता गरिएको थियो । प्रदेश सरकारद्वारा विनियोजित बजेट असार मसान्तसम्म सक्नुपर्ने उल्लेख गरिएको थियो । तर, प्रदेश सरकारले दिएको उक्त बजेट १३ दिनमा खर्च हुन नसकेर फ्रिज भयो । पछि म्याद थप सहित ०७७ असार १५ भित्र निमार्ण सम्पन्न गर्ने गरि कुल ३५ लाख ८१ हजार २ सय ६७ रुँपैयाको लागतमा पार्कको निमार्ण सुरु गरिएको हो ।

तर, स्थानीयले पार्कको निमार्ण कार्य मापदण्ड विपरित भएको भन्दै अख्तियारमा उजुरी दिएपछि झण्डै डेढ महिनायता पार्क निमार्णको कार्य अघि बढ्न सकेको छैन् । चालु आर्थिक वर्षको नगरसभाले निमार्ण सम्पन्न हुन बाँकी सबै योजनाहरु मङ्सिर मसान्तसम्म सम्पन्न गर्ने एकमुष्ठ निर्णय गरिदिएको छ । यद्यपि, अख्तियारमा परेको मुद्दाका कारण बी प्लटमा निमार्णाधिन उक्त पार्कले समयमै पुर्णता पाउने सम्भावना न्युन रहेको विराटनगर महानगरपालिकाका शहरी विकास तथा योजना महाशाखा प्रमुख गोपाल पोखरेलले बताउँछन् ।

‘नगरसभाको म्याद अनुुसार मङ्सिर मसान्तभित्र निमार्ण सम्पन्न गर्नुपर्ने होे । तर, अख्तियारमा मुद्दा परेका कारण अन्तिम चरणमा रहेको उक्त पार्कको निमार्ण कार्यलाई पुर्णता दिन सकिएको छैन्,’ उनले भने, ‘काम मापदण्ड अनुसार नै गरिएको छ । यद्यपि मुद्दा परेका कारण हामीसँग पर्खिनु बाहेक अन्य विकल्प छैन् ।’

पार्क निमार्णको ठेक्का पाएको उपभोक्ता समितिले भने विराटनगर महानगरपालिबाट २०७६ असोज २९ मा नै १८ लाख ११ हजार ५ सय ६८ रुँपैया भुक्तानी लगिसकेको छ । ढिलोचाँडो भएपनि पार्क निमार्णले पुर्णता पाउने महानगरले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्