विराटनगरसँग कटहरी र जहदा जोड्ने तीनवटा पुलमा बाढीको क्षति, सिंघीया पुल जोखिमपूर्ण

<span class='c1'>विराटनगरसँग कटहरी र जहदा जोड्ने तीनवटा</span> <span class='c2'>पुलमा बाढीको क्षति, सिंघीया पुल जोखिमपूर्ण</span>

विराटनगर । कार्तिक पहिलो साता लगातारको वर्षापछि आएको बाढीले मोरङका चारवटा पुलमा क्षति पु¥याएको छ । विराटनगर महानगरपालिकासँग कटहरी र जहदा गाउँपालिकालाई जोड्ने तीनवटा र राष्ट्रिय राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी र बेलबारी सीमामा पर्ने चिसाङ्ग खोलाको पुलमा क्षति पुगेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार विराटनगर महानगरपालिका–७ स्थित हाटखोला र कटहरी–२ लाई जोड्ने सिंघीया खोलाको पुलको अवस्था जोखिमपूर्ण रहेको छ । प्रमुख जिल्ला अधिकारीसहित प्राविधिकले जिल्लामा पूर्वाधारमा भएको क्षति अवलोकन गरेर सिंघिया खोलाको पुललाई जोखिमस्तरमा सूचिकृत गरिएको हो ।

विराटनगर र पूर्वी मोरङ जोड्ने सिंघीया खोलाको पुल बाढीले कटान गर्नु अगाडी समेत जोखिमपूर्ण रहेको भन्दै उद्योगी–व्यवसायीले ध्यानाकर्षण गराएका थिए । पछिल्लो बाढीले विराटनगरको हाटखोला र कटहरी बजार जोड्ने पुलको पिल्लरको जग कटान गरिदिएपछि झन् जोखिमपूर्ण अवस्थामा पुगेको हो ।

पुलको चार वटा पिल्लरमध्ये पूर्वपट्टिको तीनवटाको जग कटान भएको छ । पुलको माथिल्लो भागमा पनि खाल्डा गहिरिएर भ्वाङ्ग पर्ने अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो ।
कटहरी औद्योगिक करिडोरमा मालवस्तु बोकेर हिड्ने ठूला मालवहाक सवारी पुलबाट गुडाउन जोखिम हुने स्थितिमा पुगेको कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले बताउनुभयो । यो पुल भत्किए औद्योगिक कच्चा र उत्पादित वस्तु बोक्के मालवहाक सवारी अवरुद्ध हुनेछन् । त्यस बाहेक विराटनगर–रंगेली–उर्लाबारी बीचका स्थानीयको आवात–जावत प्रभावित हुनेछ ।
हुलाकी सडक परियोजना अन्तर्गत रहेकोले मर्मतका लागि निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो । पुल मर्मतले दिर्घकालिन समाधान नहुने भएकोले विगभा र मन्त्रालयमा समेत पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।
हुलाकी सडक परियोजना इकाई इटहरीका इञ्जिनियर शिवराम देवले प्रारम्भिक चरणमा कटान रोक्ने र केहि सामान्य मर्मत गर्ने कार्यका लागि प्रक्रिया अगाडी बढाइएको बताउनुभयो ।

यसैगरी विराटनगर–२ हनुमान मन्दिर र कटहरी–१ को महेशपुर जोड्ने सिंघीया खोलाको अर्को पुलमा पनि बाढीले क्षति पु¥याएको छ । उक्त पुलको पश्चिमतर्फको पिल्लरमा बाढीले कटान गरेको छ । उक्त पुल मर्मतका लागि सडक डिभिजन कार्यालय विराटनगरलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो । विराटनगर १४ स्थित जतुवा र जहदा गाउ“पालिका–३ भाथिगछ जोड्ने सिंघीया खोलाकै अर्को पुलमा पनि बाढीले क्षति पु¥याएपछि आवागनम नै रोकिएको छ । पुलको पश्चिमपट्टिको स्ल्याब बगाएकोले सडक अबरुद्ध भएको हो । उक्त पुल इटहरीस्थित पुल सेक्टर नम्बर १ कार्यालय मातहत रहेकोले मर्मत गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारीमा रहेको चिस्याङ्ग खोलाको पुलमा समेत क्षति पुगेकोले मर्मत कार्य अगाडी बढाइएको छ । कार्तिक पहिलो साताको बाढीले जिल्लाचरमा चारवटा पुल र केहि स्थानमा सडकमा क्षति पु¥याएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्