चौधरी ग्रुपको गढीस्थित चाउचाउ उद्योगका मजदुर आन्दोलित

चौधरी ग्रुपको गढीस्थित चाउचाउ उद्योगका मजदुर आन्दोलित

विराटनगर । सुनसरीको गढी गाउँपालिकास्थित चौधरी ग्रुपको चाउचाउ फ्याक्ट्रीमा कार्यरत मजदुरहरु आन्दोलनमा ओर्लिएका छन् ।

सम्झौता बमोजिमको प्रोत्साहन भत्ता नपाएको भन्दै उद्योगमा २ वर्षदेखि कार्यरत मजदुरहरुले आन्दोलन थालेका हुन् । बिहीबार बिहानैदेखि उद्योगको मुलद्वारमा धर्ना दिएर बसेका उनीहरुले सम्झौताको अक्षरस कार्यान्वयन हुनुपर्ने माग गरेका छन् । उनीहरुले दैनिक ज्यालादारीमा नियुक्ति पाएका मजदुरहरुलाई पनि स्यालरी सिट सहित ओभरटाईमको समेत भुक्तानी दिनुपर्ने माग राखेका छन् ।

तर, कोभिडका कारण पछिल्लो समय उद्योग घाटामा गएकोले विगत जस्तो यसपटक अतिरिक्त भत्ता उपलब्ध गराउने अवस्था नरहेको उद्योगका वरिष्ठ प्रबन्धक रामजी कट्वालले बताए । आन्दोलित मजदुरहरुले यसअघि पनि उद्योग प्रशासन र कांग्रेस तथा एमाले निकट मजदुर संगठनहरुलाई आफ्ना समस्या सुनाएका थिए । तर, सम्बन्धित पक्षबाट सहयोगका लागि आवश्यक पहल नभएपछि मजदुरहरुले आन्दोलनको विकल्प रोजेका हुन् ।

समाजवादी ट्रेड युनियन महासंघ प्रदेश नं. १ का सह–इन्चार्ज राजेश यादवले भने मजदुरको माग सम्बोधन नहुन्जेलसम्म आन्दोलन जारी रहने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्