दुईको मृत्यु

<span class='c1'>दुईको</span> <span class='c2'>मृत्यु</span>

काठमाडौँ उपत्यकाको छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन् ।

काठमाडौँ दक्षिणकाली नगरपालिका–४ बाँसबारी बस्ने ४९ वर्षीय जमुना रोक्का मिजार आफ्नै कोठामा सुतिरहेको अवस्थामा आज मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै ललितपुर, गोदावरी नगरपालिका–१० चापागाउँस्थित हेमबहादुर तामाङको घरको आँगनमा ललितपुर महानगरपालिका–२२ का ३५ वर्षीय गोविन्द तामाङ मृत अवस्थामा फेला परेका जनाइएको छ । उक्त घटनाका सम्बन्धमा प्र्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ बेँसीगाउँ डेरा गरी बस्ने नुवाकोट घर भएका ३७ वर्षीय सागर तामाङसहित ६ जनालाई कौडा खेलिरहेको अवस्थामा गए राति पक्राउ गरिएको छ ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई कौडा र रु तीन लाख ६३ हजारसहित पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्