एनबिएस्सी शोरुमको चाडपर्व लक्षित एक्सचेन्ज अफर

<span class='c1'>एनबिएस्सी शोरुमको चाडपर्व</span> <span class='c2'>लक्षित एक्सचेन्ज अफर</span>

विराटनगर । मल्टिब्राण्ड इलेक्ट्रोनिक्स आईटम बिक्री गर्दै आएको एन.बि.एस्सी शोरुमले चाडपर्व लक्षित एक्सचेन्ज अफर सञ्चालनमा ल्याएको छ ।

शोरुमले आउँदै गरेको दीपावली र छठपर्वलाई लक्षित गरि आकर्षक छुट सहितको एक्सचेन्ज अफर सञ्चालनमा ल्याएको हो । विराटनगर–९ सिद्धार्थ चौक दक्षिणमा अवस्थित रहेको शोरुमले कात्तिक १३ गतेदेखि मङ्सिर १३ गतेसम्मका लागि उक्त अफर सञ्चालनमा ल्याएको जनाएको छ । अफर अन्तर्गत ग्राहकहरुले सञ्चालनमा रहेको कुनैपनि विधुतीय उपकरणसँग आफ्नो चाहना अनुसारको नयाँ उपकरण साटन सक्नेछन् । एक महिनासम्म चल्ने उक्त एक्सचेन्ज अफरमा ग्राहकहरुले सामसुङ, व्हिरपुल र स्काइवर्र्थ लगायत ब्राण्डका इलेक्ट्रोनिक्सका सामानहरु एक्सचेन्ज गर्न सक्ने शोरुमका सञ्चालक अतहर अन्सारीले बताए ।

शोरुममा स्यामसङ, हायर, लिफर, प्यानासोनिक, हाइसेन्स, स्काइवर्थ र बाल्ट्रा लगायत अन्य विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स आईटमहरु उपलब्ध छन् । रेफ्रिजेरेटर, वासिङ मेशिन, एयर कन्डिसन, एलइडी, एक्वा गार्ड, राईस कुकर, मिक्सर र ओभन लगायतका इलेक्ट्रोनिक्सका सामानहरुको खरिदमा ५ देखि २० प्रतिशतसम्म छुट र आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था समेत गरिएको छ

एन.बी.एस्सीले भने असोज २६ गते फुलपातीका दिनबाट ‘भर्सन टु’ का रुपमा पुरानो शोरुमसँगै आफ्नो दोश्रो शाखा पनि सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्