स्वदेशी स्पोर्टस वेयरका लागि विराटनगरको उर्वान सोरुम

<span class='c1'>स्वदेशी स्पोर्टस वेयरका लागि</span> <span class='c2'>विराटनगरको उर्वान सोरुम</span>

विराटनगर । नेपालमा उत्पादित खेलकुदको तयारी पोशाक बिक्रीका लागि विराटनगरमा उर्वान सोरुम सञ्चालनमा आएको छ ।

विराटनगरको शिक्षादीप कलेज अगाडि बिहीबारदेखि उक्त सोरुम सञ्चालनमा आएको हो । बिहीबार राष्ट्रिय खेलकुद परिषदका पुर्व एथलेटिक्स प्रशिक्षक नारायणप्रसाद यादवले सोरुमको उद्घाटन गर्नुभएको हो । सोरुममा नेपालमा उत्पादित गोर्खा स्थेटिक्स र याला वेयर ब्राण्डका तयारी पोशाक र सप्लिमेन्ट उपलब्ध छ । आगामी दिनका जिमका सामानहरु पनि बिक्री गर्ने तयारी रहेको सोरुमका सञ्चालक सागर राज ढुंगानाले बताए । उनले कुल ३० लाखको संयुक्त लगानी सोरुम सञ्चालनमा ल्याईएको जानकारी दिए । सोरुमका अर्का सञ्चालक भने विराटनगरकै निश्चल गुरागाईं हुन् ।

बिहीबारको उद्घाटन कार्यक्रममा भने राष्ट्रिय खेलकुद परिषदका पूर्व फुटबल प्रशिक्षक पुनम थापा, मोरङ जिल्ला खेलकुद विकास समितिका प्रशिक्षण इन्चार्ज प्रविन राणा र पूर्व कबड्डी प्रशिक्षक विकुलाल चौधरी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्