तीनलाख ३४ हजार मूल्य बराबरको पटका नष्ट

तीनलाख ३४ हजार मूल्य बराबरको पटका नष्ट

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले तीनलाख ३४ हजार ८०० मूल्य बराबरको बारुदजन्य पटका नियन्त्रणमा लिएर नष्ट गरेको छ । विभिन्न मिति र स्थानबाट बरामद पटका जिल्ला प्रहरी कार्यालय मोरङको प्राङ्गणमा आज नष्ट गरिएको हो ।

प्रहरीले किङ्ग कोब्रा ७४ बण्डिल, फलझरी २९ बण्डिल, बुलेट ९८ प्याकेट, ग्राउण्ड चक्र ५७ प्याकेट, रकेट ३८ प्याकेट, झिरझिरे ३८८ प्याकेट, रेड फ्लावर १ बण्डिल, स्काई फ्लाक्स २ बण्डिल र जिली जिङगल्स २ बण्डिल पटाका खाल्डो खनेर पानीले भिजाई पुरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्