विराटनगरको पुरानो गुद्री खाली गराउन महानगरको सूचना

विराटनगरको पुरानो गुद्री खाली गराउन महानगरको सूचना

विराटनगर । विराटनगर महानगरपालिकाले पुरानो गुद्री इ–प्लटलाई खाली गराउने भएको छ । विराटनगर–९ मा रहेको पुरानो गुद्रीलाई हटाएर अन्तराष्ट्रियस्तरको नयाँ व्यापारीक भवन निर्माण गर्नका लागि त्यहाँका घर तथा हटाउने भएको हो ।

विराटनगर महानगरपालिका र प्रदेश सरकार, प्रदेश लगानी प्राधिकरणबीच पुरानो गुद्रीमा बहुतले व्यापारिक भवन निर्माण गर्ने समझदारी भईसकेको छ । त्यसका लागि भवन निर्माणस्थल पुरानो गुद्रीलाई चयन गरिएको छ । महानगरले १५ दिनको हदम्याद दिएर आज सूचना जारी गरेको हो ।

व्यक्तिले प्रयोग गर्दै आएको घर टहरा आगामी कार्तिक २९ गतेसम्म खाली गर्न जारी सूचनामा उल्लेख गरिएको छ । महानगरको स्वामित्वमा रहेको इ–प्लट बजार भित्र पायक पर्ने स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्