विराटनगरको हिमालय दर्शन कलेजमा विद्यार्थीको देउसीभैलो कार्यक्रम

<span class='c1'>विराटनगरको हिमालय दर्शन कलेजमा</span> <span class='c2'>विद्यार्थीको  देउसीभैलो कार्यक्रम</span>

विराटनगर । विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजमा होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरूले तिहारको पुर्व सन्ध्यामा दिपावलीको झझल्को दिदै देउसीभैलो कार्यक्रम गरेका छन् ।


होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुले तिहारको मुख्य परिकार सेलरोटी बनाएर देउसी भैलो कार्यक्रम गरेका थिए । विद्यार्थीहरुले कलेज प्राङ्गणमा रङगौली र कलेजमा सयपत्री मालाहरुले सजाएर तिहारको छनक आउने गरी साजज्जावट गरेका थिए ।

यता कलेजका डाइरेक्टर भेषराज पोखरेलले देउसी भट्याउदै विद्यार्थीहरुले देउसीको मज्जा लिएको थिए । होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुलाई सेलरोटी पकाउने तालिम दिनुका साथै नेपालीको सस्कार सस्कृती लोप नहोस भनेर अहिले पुस्तालाई यो कार्यक्रम आयोजना गरिएको कलेजका डाइरेक्टर भेषराज पोखरेलले बताउनुभयो ।


विद्यार्थीलाई किताबमा भएका ज्ञान मात्र हैन बाहिर व्यावहारिक ज्ञान पनि दिने उदेस्यले विद्यार्थीहरको मनोबल बढाउन कलेजले यस्ता खालका कार्यक्रम गर्दै आएको पोखरेलले बताउनुभयो । त्रिभुवन विश्वविद्यालयको सम्वन्धन लिई व्याच्लर अफ होटल मेनेजमेन्ट (विएचएम), विआइएम, विसीए, विविएस , विएससी सिएसआईटी लगाएतको विषय पढाई हुदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्