अभिषेक गिरीलाई मोरङ कारागार ल्याईयो, कैदीबन्दीहरु विरोधमा

<span class='c1'>अभिषेक गिरीलाई मोरङ कारागार</span> <span class='c2'>ल्याईयो, कैदीबन्दीहरु विरोधमा</span>

विराटनगर । अपहरण आरोपमा जेल सजाय भोगिरहेका अभिषेक गिरीलाई पुनः मोरङ कारागार सरुवा गरिपछि कैदीबन्दीहरुले विरोध गरेका छन् ।

गिरीलाई मंगलबार बिहान ५ बजे हाटखोलास्थित कारागार सरुवा गरि ल्याएसँगै कैदीबन्दीहरुले विरोध गरेका हुन् । उनीहरुले गिरीलाई पुनः फिर्ता पठाउनुपर्ने माग सहित छतमा बसेर चर्को नाराबाजी गरिरहेका छन् । गिरी यसअघि मोरङ कारागारबाटै डिल्लीबजार कारागार सारिएका अपराधी हुन् । मोरङमा जेलबाटै फिरौती र उद्योगी व्यवसायीसँग असुली धन्दा चलाएको आरोपमा २०७४ चैत २३ गते उनलाई डिल्लीबजार कारागार सारिएको थियो । हाल नेपाली कांग्रेसका नेताहरूको दबाबमै गिरीलाई पुनः मोरङ कारागार सारिएको श्रोतको दाबी छ ।

करण यादवको हत्या आरोपमा २०६९ सालमा अदालतबाट सफाई पाएर २०६६ सालमा कारागारबाटै पर्शुराम बस्नेतलाई गोली हानेर हत्या गर्न खोजेको आरोप गिरीलाई लागेको थियो । युवती प्रयोग गरी सरकारी कर्मचारीलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा गिरी पुनः २०७० सालमा पक्राउ परेका थिए । गैह्रकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले समेत गिरीमाथि बिशेष अदालतमा मुद्दा चलाएको थियो । तर, अदालतबाट ३० लाख धरौटी तिरेर उनी छुटेका थिए । तर, हाल कांगे्रसका नेताहरुको दबाबमा गिरीलाई पुनः मोरङ कारागार ल्याईएको छ । डिल्लीबजार कारागारमा रहेका गिरीलाई मोरङ सरुवा गर्ने बिषयमा भने कारागार व्यवस्थापन विभागले यसअघि भदौ १७ नै निर्णय गरिसकेको थियो ।

गिरीलाई मोरङ कारागार ल्याउन चौकीदार नविन राईलाई पनि असोज ११ गते नै सुनसरीस्थित झुम्का कारागार सरुवा गरिएको थियो । तर, गिरी र चौकीदार राईको सरुवा विभागीय निर्र्णय अनुसार नै भएको मोरङ कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले बताउँदै आएका छन् ।

गिरीको सरुवा बदर माग गर्दै यसअघि असोज १९ गतेपनि कैदीबन्दीका आफन्तले मोरङ कारागार अगाडि प्रर्दशन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्