भोजपुरस्थित प्याउली प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन

<span class='c1'>भोजपुरस्थित प्याउली प्रहरी चौकीको</span> <span class='c2'>नवनिर्मित भवन उद्घाटन</span>

विराटनगर । भोजपुर प्रहरीको मातहतमा रहेको प्याउली प्रहरी चौकीको नवनिर्मित भवनको समुद्घाटन भएको छ ।

चौकी परिसरभित्रै बुधबार एक औपचारि कार्यक्रमको आयोजना गरि भवनको उद्घाटन गरिएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि.सी.ले भवनको उद्घाटन गरेका हुन् । ८ वटा कोठासहित २ तले संरचनाको उक्त भवन प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित १ करोड ४९ लाख १९ हजार ३ सय ८५ रुपैयाँको लागतमा निर्माण भएको हो ।

बुधबार आयोजित कार्यक्रममा बोल्दै प्रहरी नायब महानिरीक्षक बि.सी.ले गाँस बासको उचित व्यवस्था भएसँगै प्रहरी कर्मचारीमा काम गर्ने थप हौसला प्रवाह हुने बताए । उनले सुन्दर र सुविधासम्पन्न भवनमा बस्ने प्रहरी कर्मचारीहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको जिकिर गरे । उनले कानूनको परिधिमा रहेर जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

कार्यक्रममा भने भवन निर्माणमा सहयोग पुर्याउने व्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्