विराटनगर । प्रदेश १ का मुख्य न्यायधिवक्ता चुडामणि आचार्यले पदबाट राजिनामा दिनु भएको छ । बुधबार आफ्नो राजिना पत्र मुख्यमन्त्री राजेन्द्र कुमार राईमार्फत बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको हो ।
प्रदेश प्रमुखज्यू समक्ष मुख्य न्यायाधिवक्ता आचार्यले नेपालको संविधानको धारा १६० को उपधारा (४) को खण्ड (क) बमोजिम आजैका मितिदेखि लागू हुने गरी राजीनामा गर्नु भएको हो ।
नेकपा एमाले निकट रहेका बरिष्ठ अधिवक्ता आचार्यलाई २०७४ फागुन २५ गते तत्कालिन मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गर्नु भएको थियो ।