सातै प्रदेशमा गठबन्धनको सरकार बन्नु जनताको जीत होः अध्यक्ष प्रचण्ड

<span class='c1'>सातै प्रदेशमा गठबन्धनको सरकार बन्नु</span> <span class='c2'>जनताको जीत होः अध्यक्ष प्रचण्ड</span>

गोरखापत्र अनलाइन
काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको सातै प्रदेशमा सत्ता गठबन्धनको सरकार रहेको र यो जनताको जीत भएको बताउनुभएको छ । बिहीबार माओवादी केन्द्रको मध्यपुर ठिमी नगर कमिटीले नेपाल संवतका प्रवर्तक एवम् राष्ट्रिय विभूति शंखधर शाख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।

जनताको हित गर्ने पार्टी माओवादी केन्द्र नै रहेकाले आगामी दिनमा देशकै एक नम्बर पार्टी हुनुपर्ने धारणा राख्नुभयो । ‘संविधान र राष्ट्रको रक्षा गर्ने अर्को पार्टी छैन, उहाँले भन्नुभयो । माओवादीको मुद्दालाई धारासायी बनाउने शक्तिहरु कमजोर भएको पनि उहाँले दावी गर्नुभयो । तर जितिसक्यौं भनेर ढुक्क हुने स्थिति भने नरहेको अध्यक्ष प्रचण्डको भनाई छ ।

विगतमा माओवादी केन्द्रमा विचारमा अष्पष्टता र निराश भएजस्तो स्थिति भएपनि अहिले नयाँ तरंग आएको उहाँको भनाई छ । माओवादी केन्द्रले ३५ प्रतिशत महिला सहभागितासहित आदिवासी जनजाति, दलित, मधेसी–मुस्लिम लगायत पिछडिएका क्षेत्रलाई विशेषाधिकार दिदै पार्टीलाई अगाडि बढाइने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्