लक्ष्मी पुजाको दिन विराटनगरमा प्रहरीद्वारा व्यापारी कुटिए

<span class='c1'>लक्ष्मी पुजाको दिन विराटनगरमा</span> <span class='c2'>प्रहरीद्वारा व्यापारी कुटिए</span>

विराटनगर । साईत अनुकुल लक्ष्मी पुजा गर्न बसेको बेला राती अबेरसम्म पसल खोलेको भन्दै प्रहरीले विराटनगरका एक व्यापारीमाथि हातपात गरेको छ ।

प्रहरीले विराटनगर–७ हनुमानदास रोडस्थित एक हार्डवेयर पसलका सञ्चालकमाथि अभद्र व्यवहार र हातपात गरेको हो । वडा प्रहरी कार्यालय ‘क’ का डिएसपी दीपक कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सञ्चालकमाथि हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार साईत अनुसार राती साढे १० बजे पुजा गर्न बसेको बेला १० बजेपछि पसल खोल्न पाईंदैन भन्दै आएको डिएसपीका कार्की नेतृत्वको प्रहरी टोलीले सञ्चालकमाथि हातपात गरेका हुन् । प्रहरीले खुट्टाले हिर्काउँदै प्रहरी भेनमा बसाएर लगेको र १ घण्टा वडामा थुनेको उनीहरुको भनाई छ । पसल नजिकै रहेको एक बैंकको सिसिटिभी फुटेजमा समेत प्रहरीले व्यापारीसँग गरेको दुव्र्यवहार र हातपातको घटना रेकर्ड भएको छ ।

यस्तोे थियो घटना

बिहीबार राती करिब साढे १० बजे हनुमानदास रोडको एक हार्डवेयर पसल र एक फर्निसिङमा हाउसमा लक्ष्मी पुजाको सामान्य तयारी थियो । आवश्यक सरसामाग्री सहित सञ्चालकहरु पुजाको तयारीमा जुटेका थिए । त्यही बेला आएका दुईजना प्रहरी हवल्दारले एउटा सटर झारेर पुजा गर्न आग्रह गरे । व्यापारीहरुले पनि त्यही अनुसार लक्ष्मी पुजाको कार्य अघि बढाए । तर, केहीबेरमै आएको डिएसपी कार्की नेतृत्वको टोलीले गालीगलौज गर्दै पसल किन खोलेको भन्दै सटर झार्न लगाए । 'हामीले पुजा गरेर पसल बन्द गरिहाल्छौं भन्दा पनि एसपीको आदेश रहेको भन्दै प्रहरीहरुले मानेनन्,' एक प्रत्यक्षदर्शीले भने, 'हाम्रो आग्रह नमानेपछि केहीबेर फर्निसिङ हाउसका सञ्चालक र प्रहरीबिच भनाभन समेत भयो । सोही निहुँमा प्रहरीहरुले कसले एसपी र डिएसपी खोजेको हो ? भन्दै हार्डवेयर पसलका सञ्चालकलाई वडामा लगेर थुनेका हुन् ।'

पछि विराट व्यापार संघका अध्यक्ष सुजन थापाले फोन गरेपछि कागज गरेर प्रहरीले आफुलाई छोडेको पक्राउ परेका हार्डवेयर पसल सञ्चालकले बताएका छन् । प्रहरीले अमर्यादित ढंगबाट बिना कुनै कसुर आफुलाई पक्राउ गरि झण्डै १ घण्टा थुनेको उनको भनाई छ ।चाडपर्वमा पनि पुजापाठमा ढिलाई भएको भन्दै प्रहरीले व्यापारी कुटनु, गालीगलौज गर्नु र हिरासतमा राख्नु सोभनीय नभएको व्यापार संघका अध्यक्ष थापा बताउँछन् । बढी भिडभाड नगरी ३ देखि ४ जनाको उपस्थितिमा पुजापाठ भईरहेको बेला बिचमै आएर गुण्डागर्दी शैलीमा व्यापारीलाई उठाएर लैजाने बिषय आपत्तिजनक रहेको उनको भनाई छ ।

सम्बन्धित बिषयमा आवर विराटनगरलाई प्रतिक्रिया दिँदै वडा प्रहरी कार्यालयका डिएसपी दीपक कार्कीले भने प्रहरीबाट दुव्र्यवहार नभएको दाबी गरेका छन् । घटना सामान्य रहेको उनको भनाई छ । तर, नजिकै रहेको एक बैंकको सिसिटिभी फुटेजमा भने प्रहरीले हार्डवेयर पसलका सञ्चालक र फर्निसिङ हाउसका एक कर्मचारीमाथि प्रहरीले गरेको दुव्र्यवहार प्रष्ट देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्