विराटनगरको गुरुकुलमा नाटक ‘दाय कन्तुर’ मञ्चन हुँदै

<span class='c1'>विराटनगरको गुरुकुलमा नाटक ‘दाय</span> <span class='c2'>कन्तुर’ मञ्चन हुँदै</span>

विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा नाटक ‘दाय कन्तुर’ मञ्चन हुने भएको छ ।

भारतीय वरिष्ठ नाटयकार दया प्रकाश सिन्हाको नाटक ‘अपने अपने दाँव’ लाई नेपालीमा भावानुवाद गरी तयार पारिएको ‘दाय कन्तुर’ आगामी कात्तिक २१ गतेदेखि ७ दिन मञ्चन गर्न लागिएको हो । नेपाली समाजमा पनि व्याप्त अंश प्रथाको पारिवारिक झमेलालाई व्यङ्ग्यात्मक शैलीमा नाटकमा प्रस्तुत गरिएको छ । प्रदेश १ का नाट्य समूहहरुबीच सहकार्यको अभ्यास स्वरुप विभिन्न समूहमा सक्रिय रंगकर्मी तथा युवाहरुलाई समावेश गराई १५ दिनमा नाटक तयार पारिएको आरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए । नाटक हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा कात्तिक २७ गतेसम्म दैनिक अपराह्न ४ः३० बजे र सनिबार १ बजे पनि मञ्चन हुनेछ ।

नाटकमा आरोहण गुरुकुल विराटनगरका विकास पराजुली, देवेन्द्र यादव, अनिल खत्री, कलालय इटहरीका प्रज्वल दुलाल, जीवन बस्नेत, सिनेकर्मी संगिता यादव, युवा अभियन्ता समिक्षा दाहाल, अनुपमा बास्तोला, अमन धमला, अनु भट्टराई, गणेश साहले अभिनय गरेका छन् । भरत कार्की र निर्मल शर्माले प्रकाश र ध्वनी संयोजन गरेका छन् । नाटक विराटनगर महानगरपालिकाको सम्वर्धन आरोहण गुरुकुल विराटनगरले प्रस्तुत गर्न लागेको हो ।

पद्मश्री अवार्ड प्राप्त नाटयकार दया प्रकाश सिन्हा भारतका प्रसिद्ध लेखक तथा निर्देशक हुन् । ‘अपने अपने दाँव’ सहित ‘सम्राट अशोक’, ‘इतिहास–चक्र’ लगायत उनका चर्चित नाटकहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्