पाल्पामा दुई जना पुरुषको मृत्यु

<span class='c1'>पाल्पामा दुई जना</span> <span class='c2'>पुरुषको मृत्यु</span>

रेखीराम राना
पाल्पा । पाल्पामा दुई जना पुरुषको मृत्यु भएको छ । एक जनाको रुखले च्यापिएर र अर्का एक जनाको लढेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्लाको तानसेन–१३, छेर्लुङ्का ५० वर्षीय लक्ष्मण पाण्डेको रुखले च्यापिएर र तानसेन–१०, नयाँ पाटीका ७१ वर्षीय उदय सारुको लडेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार बिहीबार आफन्तकोमा जादैँ गर्दा कुरुङ्खोला तर्ने क्रममा एक्कासी वरको रुख ढलेर लाग्दा पाण्डेको मृत्यु भएको हो । यस्तै शुक्रबार विहान तानसेन–८ नयाँपाटी खोल्सामा लढेर सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्