फूलखेतीबाट मनग्य आम्दानी

<span class='c1'>फूलखेतीबाट मनग्य</span> <span class='c2'>आम्दानी</span>

दमौली । तनहुँका कृषकले फूलखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । सयपत्रीको फूल विक्रीबाट आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । भिमाद नगरपालिका–८ धारापानीका गोविन्द अधिकारीले वर्षौदेखि बाँझो रहेको जग्गामा सयपत्री फूलखेती सुरु गर्नुभएको छ । मुस्किलले एक मुरी कोदो नफल्ने बारीमा गत वर्ष रु ६० हजारको फूल फूलेपछि उहाँ उत्साहित हुनुभएको थियो । यो वर्ष उहाँले साढे चार रोपनी बारीमा व्यावसायिक रुपमा सयपत्री फूल लगाउनुभएको छ ।

चितवनबाट कलकत्ते सयपत्रीको दश हजार बिरुवा ल्याएर उहाँले बाँझो बारीमा सयपत्री रोप्नुभएको छ । भदौ दोस्रो साता लगाएको सयपत्रीको फूल यतिबेला ढकमक्क छ । कोदो समेत फूल्न छाडेको बारीको गह्रामा ढकमक्क फूल फुल्दा मनमोहक देखिएको छ ।

एउटै बोटमा ८० वटासम्म सयपत्रीको थङ्गा फुलेको छ । तिहारमा मात्रै सयपत्री बेचेर रु दुई लाख बढी आम्दानी हुने उहाँले बताउनुभयो । सयपत्री फूलको बजार राम्रो रहेकाले यसबाट सन्तुष्ट रहेको उहाँले सुनाउनुभयो । “फूल देखेपछि हामी लैजान्छौ भनेर व्यापारीको फोन आउँछ,” उहाँले भन्नुभयो, “वर्षेनी तिहारका लागि भारतबाट करोडौँको फूल नेपाल आउँछ भनेपछि बजार पाउन दुःख छैन ।”

माग धेरै आएपछि आफूले लगाएको फूलले मात्र नपुग्ने भएकाले चितवनबाट ल्याएर विक्री गर्ने गरेको उहाँले बताउनुभयो । गत वर्ष पनि लगाएको सयपत्री फूल सबै घरबाटै विक्री भएको उहाँले सुनाउनुभयो ।

एसएलसी सकाएपछि उहाँ वैदेशिक रोजगारीका लागि साउदी पुग्नुभएको थियो । दश वर्ष विदेशमा बसेपछि नेपाल फर्किएर केही गर्ने सोचका साथ उहाँले यातायात सेवा सुरु गर्नुभयो । त्यसबाट खासै आम्दानी हुन नसकेपछि उहाँले फेन्सी पसल सञ्चालन गर्नुभयो । केही समयको फेन्सी व्यवसायपछि उहाँले किराना पसल चलाउनुभयो । हाल किराना सँगसँगै फूलखेती निरन्तर छ । सयपत्रीमा सम्भावना देख्नुभएका उहाँँ अब फूल खेतीलाई निरन्तरता दिने पक्षमा हुनुहुन्छ । यसपालि व्यावसायिक तरिकाले लाग्नुभएका उहाँ अर्को वर्ष फूल खेतीलाई अझै विस्तार गर्ने सोच रहेको बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्