प्रतिक शर्मा इच्छुक
खलङ्गा । सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बसमा २६ जना यात्रु सवार थिए ।
सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सल्यानकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी होमागाई खतिवडाले जानकारी दिनुभयो ।
आइतबार मध्याह्न १२ बजे राप्ती रोकमार्गको कपुरकोटको खारखोला भन्ने स्थानमा बस दुर्घटना भएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार घाइतेहरुको उद्धार गरि उपचारका लागि सल्यान अस्पताल गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।