मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने

<span class='c1'>मुख्यमन्त्री पाण्डेले सोमबार</span> <span class='c2'>विश्वासको मत लिने</span>

राममणि दाहाल
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिनु हुनेभएको छ । मुख्यमन्त्री पाण्डेले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अबस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाका सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ । यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लाग्नुभएको हो ।

यसअघि प्रदेश सभाबाट विश्वासको मत लिन मुख्यमन्त्री पाण्डेले प्रदेश सभाको सचिवालयले विश्वासको मत लिनेसम्बन्धमा लिखित रुपमा जानकारी दिनुभएको छ ।

प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले मुख्यमन्त्री कार्यालयबाट विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पत्र आएको जानकारी दिँदै विश्वासको मत लिनका लागि आवश्यक तयारी गरेको बताउनुभयो ।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनाल शर्माले सोमबार नै विश्वासको मत लिने जानकारी दिनुभयो ।
यसअघि बहुमत प्राप्त दलको हैसियतमा नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि पाण्डे कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । एमाले विभाजित भएसँगै अल्पमतमा पर्नुभएकी शाक्यले कात्तिक १० विश्वासको मतको प्रस्तावका लागि हुने मतदानमा प्रक्रियामा सहभागी नभइ राजीनामा दिनुभएको थियो ।

गठबन्धनको दलहरु नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालको सहमतिमा नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । हाल मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिमण्डल रहेको छ ।
मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारसहित गठबन्धनका दलहरु सहभागी सरकारको आगामी साझा कार्यक्रमहरु सार्वजनिक गर्ने बताउनुभएको छ ।

हाल १०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ जना प्रदेश सभाका सदस्य आवश्यक हुन्छ ।
गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएका पाण्डेको पक्षमा ५९ जनाको हस्ताक्षर गरेका थिए ।
प्रदेश सभामा एमालेको ४३ जना, माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई–दुई जना तथा जनता समाजवादी पार्टी नेपालको एक जना प्रदेश सभाका सदस्य रहेको छन् ।

फाेटाे:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्