विराटनगर ग्याङ फाईट प्रकरण : जथाभाबी पटका पड्काएको कारणले घटना भएको खुलासा

<span class='c1'>विराटनगर ग्याङ फाईट प्रकरण : जथाभाबी</span> <span class='c2'>पटका पड्काएको कारणले घटना भएको खुलासा</span>

विराटनगर । मदिरा सेवन गरि देउसी खेलेर घर फर्किने क्रममा शनिबार राती दुई समुहबिच झडप हुँदा विराटनगर–१ स्थित एक स्थानीयको घर तोडफोड भएको छ ।

सामान्य विवादले ठुलो रुप लिएपछि जिल्ला प्रहरी कार्यालय छेउमा रहेको स्थानीय देवीका मास्केको घर तोडफोड भएको हो । राती करिब १० बजे झण्डै २ सय बढीको समुहले उनको घरमा ढुंगामुडा प्रहार र तोडफोड गरेका हुन् । झडपले उग्र रुप लिँदा मानवीय क्षति नभएपनि उनको घरको पर्खाल, झ्याल, ढोका, मिटर बक्स र फर्निचर लगायतका सामानमा ठुलो क्षति पुगेको छ । बेलुकी ९ बजेदेखि सुरु भएको सामान्य विवादले पछि ग्याङ फाईटको रुप लिएपछि घटना भएको स्थानीयले बताएका छन् । ग्याङ् फाईटमा संलग्नलाई घरमा लुकाएको निहुँमा शंकर चोकका स्थानीयले घर तोडफोेड गरेको घरधनी देवीका मास्केले बताईन् । ‘शनिबार साँझदेखि नै भईरहेको विवादलाई प्रहरीले सामान्य रुपमा लियो । अन्त्यमा आक्रोशित पक्षले तोडफोड गरेरै छाडे,’ उनीले भनिन्, ‘मेनगेट फुटाएको भए हामी बाँच्ने थिएनौं ।’

स्थानीयका अनुसार शनिबार राती करिब ९ बजे विराटनगर–१ स्थित शंकर चौकका ४ जना युवाहरुको समुह देउसी खेलेर घर फर्किदै थियो । घर फर्किने क्रममा शान्ति चौक पुगेपछि समुहकै केही साथीहरुले जथाभाबी पटका पड्काउन थाले । जथाभाबी पड्काएको पटकाको छिटा एक स्थानीयको जिउमा समेत प¥यो । राती भईसकेको हुनाले धेरै होहल्ला नगर्न र पटका नपड्काउन शान्ति चोकका युवाहरुले उनीहरुसँग आग्रह गरे । तर, उनीहरु मानेनन् । उनीहरुले नमानेपछि सोही निहुँमा शान्ति चोक र शंकर चोकका युवाहरुबिच एकापसमा झडप भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार झडपमा परि शंकर चोकका विरेन कामत घाईते समेत भएका थिए । घाईते कामतलाई उपचारका लागि राती नै कोशी अस्पताल लगिएको थियो । अस्पतालबाट सामान्य उपचार गरेर ल्याईसकेपछि कामत पक्षका आफन्तजन, साथीभाई र छरछिमेक सहितले कुटपिट गर्ने समुहको खोजीकार्य थालेका थिए । सोही क्रममा कुटपिटमा संलग्नहरु शंकर चोकस्थित स्थानीय देवीका मास्केको घरमा लुकेर बसेको आशंकाको भरमा करिब १० बजे कामत पक्षले उनको घरमा तोडफोड गरेका हुन् । घटनास्थलमा परिचालित प्रहरी टोलीले अवस्था नियन्त्रणमा लिने प्रयास गरेपनि उल्टै प्रहरीमाथि समेत ढुंगामुडा प्रहार गरिएको स्थानीय सन्तोष महतले बताए । ‘घटनास्थलमा प्रहरी ढिलो आयो । तर, पनि अवस्था नियन्त्रणमा लिन सकेन,’ उनले भने, ‘पुरै फिल्मी शैलीमा ढुंगामुडा र तोडफोड भएको छ ।’

ढुंगामुडा र तोडफोड गर्ने क्रममा करिब ८ जनाको प्रहरी टोलीले आक्रोशित पक्षलाई सम्झाई बुझाई गरेका थिए । उनीहरुले घरमा कसैलाई नलुकाईएको जानकारी गराएर अवस्था सामान्य बनाउने प्रयास समेत गरेका थिए । तर, घटना नियन्त्रणमा लिन थप प्रहरी परिचालनको आवश्यकता भएपनि प्रहरीको ब्याकअप टीम समयमै नआएकाले घटना भएको स्थानीय दीपक शाहको भनाई छ । ‘जिल्ला प्रहरीदेखि मात्र ५० मिटरको दुरीमा घटना भएको छ,’ उनले भने, ‘हामीले सुरक्षाको अनुभुति कसरी गर्न पाउने ?’

घरमा एक वृद्धसहित ४ जना बसिरहेको बेला ज्यान जाने गरि भएको सामुहिक आक्रमणले हाल आसपासका स्थानीय समेत त्रसित बनेका छन् । जिल्ला प्रहरी कार्यालयदेखि मात्र ५० मिटरको दुरीमा रहेको ठाउँमा ढुंगामुडा प्रहार, तोडफोड र ग्याङ फाईट हुनुले आम नागरिकमा समेत असुरक्षाको वातावरण सिर्जना हुँदै गएको वडा नं. १ का वडा सदस्य पवन कुमार भट्टराईले बताए ।

मोरङ प्रहरीले भने हाल घटनामा संलग्न २ जनालाई पक्राउ गरि प्रारम्भिक चरणको अनुसन्धान थालेको छ ।

यो पनि पढ्नुहोस : विराटनगरमा ऋङ्खलाबद्ध रुपमा चोरी तथा लुटपाटको घटना बढ्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्