विराटनगरमा किताब मागेर देउसी खेल्ने परम्परालाई निरन्तरता

<span class='c1'>विराटनगरमा किताब मागेर देउसी</span> <span class='c2'>खेल्ने परम्परालाई निरन्तरता</span>

विराटनगर । विगतका वर्ष झैं यसपटक पनि विकल्प एन अल्टरनेटिभको सहकार्यमा बिराटनगरका युवाहरूले किताब मागेर देउसी खेल्ने परम्परालाइ निरन्तरता दिएका छन् ।

पुस्तकालय सञ्चालनका निम्त्ति युवाहरुले देउसी खेल्ने परम्परालाई निरन्तरता दिएका हुन् । युवाहरुमा पढ्ने संस्कारको महत्वलाइ प्रर्वद्धन गर्न, बर्षदिनको चाडवाडलाइ रमाइलोसँग मनाउन तथा सकारात्मक सन्देश प्रवाहका निम्त्ति यस किसिमको देउसी खेल्ने परम्परालाइ बिराटनगरमा सन् २००७ देखि सञ्चालनमा ल्याईएको हो । देउसीको क्रममा कसैकसैले पैसा समेत दिने भएको हुँदा संकलित रकमले किताब, किताब राख्ने दराज र पुस्तकालयमा आवश्यक पर्ने अन्य सामाग्रीहरु खरिद गर्ने गरिएको कार्यक्रम संयोजक सुमन राईले बताए । उनले आम नागरिकका लागि विकल्प निःशूल्क पुस्तकालय सञ्चालन गरिरहेको जानकारी दिए ।

दिपावलीको अवसरमा आयोजित देउसी कार्यक्रममा भने युवाहरुले १२ थान किताब र १३ हजार ५०० रुँपैया नगद संकलन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्